आइ.आर.के.मैनाली
पाँचखाल /नेकपा एमालेको नीति तथा कार्यक्रममा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय बन्ने उल्लेख भएपछि गोकुल बाँस्कोटाको प्रस्तावमा पाँचखालमा बन्ने सुनिश्चित भएको छ । जसको कारण पाँचखालको भविष्य सुनौलो हुनेभएको छ ।
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक –२०७६ संसदबाट सोमबार पारित भएपछि पाँचखालवासिले खुसियाली मनाएका छन् । प्रतिनिधिसभा बैठकले उक्त विधेयक पारित गरेसँगै विश्वविद्यालय स्थापनाको प्रक्रिया थप अघि बढ्न बाटो खुलेको हो । जसको कारण पाँचखाल वासिले रोजगारी‚ शिक्षा‚ स्वास्थ्य साथै विकास निर्माणको लागि सुविधा पाउने भएका छन् ।
२०७६ साउनमा संसद्मा दर्ता भएको विधेयक पारीको लागी पुर्व मन्त्री गोकुल बाँस्कोटाले पहल गर्नुभएको थियो । काभ्रे क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यसमेत रहनु भएका पूर्वमन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाको नेतृत्वमा विश्वविद्यालय स्थापनाको काम अघि बढेको थियो ।
केपी ओली नेतृत्व सरकारको समयमा नेकपा एमालेको नीति तथा कार्यक्रममा मदन भण्डारी विश्वविद्यालय स्थापना गर्ने निर्णय भएको थियो । अन्तराष्ट्रिय स्तरको विश्वविद्यालय निर्माणको लागि पुर्व मन्त्री बाँस्कोटाले काभ्रेका निर्माणको लागि प्रस्ताव गर्नुभएको थियो । अन्तराष्ट्रिय स्तरको विश्वविद्यालयको लागि फराकिलो जमिन साथै उपयुक्त स्थान आवस्यक हुने भएकोले गोकुल बाँस्कोटाको नेतृत्वमा मुख्य सचिव‚ भूमि सचिव‚ वन सचिव‚ मालपोत ‚ नेपाली सेना साथै विज्ञ टोलीले स्थलगत अनुगमन गरी विश्वविद्यालयको लागि पाँचखाल उपयुक्त ठहर भएको थियो ।
विश्वविद्यालयको डिपिआरको लागि अन्तराष्ट्रिय स्तरको ग्लोबल टेन्डर भई पहिलो चरणको कार्य करिव सम्पन्न भएको छ । अन्तिम चरणको डिपिआर हुन बाँकी भएपनि सो आयोजनाको लागि करिव ४५ अर्ब खर्च हुने अनुमान गरीएको छ । ९ सय शैयाको अस्पताल सहित निर्माण हुने विश्वविद्यालय अन्तराष्ट्रिय स्तरको निर्माण हुने जहाँ ५० हजार विद्यार्थीहरु अध्ययन गर्न सक्नेछन् । नेपालमा रहेको विश्वविद्यालय मध्यको सबै भन्दा ठुलो विश्वविद्यालयमा केमिकल‚ फिजिक्स‚ वायोलोजी‚ प्रयोग शाला सहितको विभिन्न विधामा अध्ययन गर्ने पाउनेछन् ।
हेलिप्याडको व्यवस्था सहित सो विश्वविद्यालय जानको लागि तीन स्थानबाट सडक निर्माण हुनेभएको छ । जसमा अरनिको राजमार्ग खण्ड पाँचखालको तिनपिप्ले बजारबाट‚ वि.पि राजमार्ग खण्डको वेलाबाट र पाँचखाल बोहोदोभान सडक अन्तरगत बाँसकोट आसपासबाट फराकिलो सडक निर्माण हुनेभएको छ । सो विश्वविद्यालय क्षेत्रको लागि आवश्यक खानेपानी को समेत व्यवस्था‚ विद्यार्थी तथा शिक्षक आवास गृह समेतको व्यवस्था हुनेभएको छ । विश्वविद्यालयको लागि ठुलो जनशक्ति आवश्यक हुने भएकोले पाँचखाल वासिलाई प्राथमिकता हुने भएकोले रोजगारीको व्यवस्था समेत हुने छ ।
विश्वविद्यालयले पाँचखाल नगरपालिका वडा नं ७‚ १० र १२ साथै नमोबुद्ध नगरपालिका वडा नं २ र ३ समेत समेटिने भएको छ । सो आयोजनाको लागि ११ हजार ६८ रोपनी जग्गाको व्यवस्था हुने भएको छ । जसमा बेला खोलीपाखा सामुदायिक वन‚ बेला पाखा सामुदायिक वन‚ एक्ले पाखा सामुदायिक वन‚ कर्केटार सामुदायिक वन‚ चरुवा सामुदायिक वन र नारायण स्थान खत्रि डाँडा सामुदायिक वन रहेको छ ।
पाँचखालमा विश्वविद्यालय बन्ने भएपछि पुर्व मन्त्री बाँस्कोटाले सामाजिक सञ्जाल माफर्त पाँचखालवासीलाई बधाई दिनुभएको छ । विधेयक पारित भएलगत्तै बाँस्कोटाले फेसबुकमा लेख्नुभएको थियो‚ ’मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक २०७६ आज संसदबाट पास भयो। पाचखाल बासीलाई बधाई ‚अन्तत हामी सफल भयौ ।’
त्यसैगरी बाँस्कोटाको पहलमा बनेपा नगरपालिका वडा नं १४ साँगामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय निर्माण कार्यको सुरुवात भएको छ । १ अर्ब ५० करोडको लागतमा निर्माण हुने उक्त विश्वविद्यालय निमार्णको जिम्मा नेपाली सेनाले पाएका छन् । सो विश्वविद्यालयमा नेपालको सुरक्षा नीति तथा जल‚ थल‚ स्थलगत सुरक्षाको बिषयमा अन्तराष्ट्रिय स्तरको कक्षा सञ्चालन नहुनेभएको छ । सो विश्वविद्यालयमा विदेशी सोनाले समेत सुरक्षाको बारेमा अध्ययन गर्न पाउने छन् ।
त्यसैगरी पूर्व मन्त्रि बाँस्कोटाकै पहलमा पनौती नगरपालिका वडा नं १ चिसापानीमा वहु प्राविधिक विश्वविद्यालय निर्माणको प्रकृया सुरुभएको छ । सो विश्वविद्यालयमा टेक्निकल बिषयको अध्ययन हुनेछ जसको कारण दक्ष प्राविधिकहरु उत्पादन हुनेछन् ।
२०७४ को निर्वाचनमा प्रतीनिधि सभामा निर्वाचित भएपछि बाँस्कोटाको पहलमा काभ्रेका विभिन्न विकास निर्माणको लागि कार्य भएकोले काभ्रेलीको आँखाको नानी बन्न सफल हुनुभएको छ बाँस्कोटा । मुलुकमा वहुदल प्राप्ति पश्चात पहुचवाला साथै क्षमतावान नेतृत्व नपाएको काभ्रेले बाँस्कोटा निर्वाचित भएसंगै जिल्लामा विकास निर्माणको लागि ठुलो योगदान मिलेको छ ।
प्रतिक्रिया दिनुहोस