आइ.आर.के मैनाली
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको प्रमुख व्यापारिक केन्द्रको बनेपाबाट एक बर्ष अगाडिबाट सञ्चालनमा आएको मदानी बिट डट कमको पहिलो बार्षिकोत्सव कार्यक्रम मंगलवार धुलिखेलको हिमालयन दृश्यमा सम्पन्न भएको छ ।
छोटो समएमा सञ्चारको क्षेत्रमा छुट्टै पहिचान कायम गर्न सफल भएको मदानी बिट डट कमको बार्षिकोत्सव कार्यक्रमको उद्घाटन संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री गुरुङले हिलोमा फुलेको कमलको पूmल जस्तै ढंगबाट मदानी विट अगाडि बढेको बताउनु भयो । उहाँले थप्नुभयो– सञ्चारको क्षेत्रमा निष्पक्ष ढंगबाट अगाडि बढ्नु सञ्चारमा आजको आवश्यकता हो । काभे्रमा एक बर्ष अगाडि बाट सञ्चालनमा आएको मदानी विटले पाठकहरुको मन जित्न सफल हुनुको प्रमुख कारण निष्पक्षता पत्रकारिता हो र यो कार्यलाई निरन्तरता दिनु नै सञ्चारको क्षेत्रमा अव्वल रहनु हो ।
कार्यक्रममा मन्त्री गुरुङले भन्नुभयो “पत्रकारहरुले हामीलाई सोध्ने गर्छन, चार महिनामा सरकारले के के काम ग¥यो मन्त्री ज्यू भनेर । तर यो छोटो अवधिमा ठुलो ठरलो गेम चेन्ज हुने खालको काम गरेको छैन, गर्न सक्दैन त्यो सम्भावनानै छैन ।” सरकारको विपक्षमा वसेकाहरुले अनावश्यक ढंगबाट मान्छेलाइ भड्काउने गरेको देखिन्छ । यो सरकार बन्नुको तात्पर्य सवैलाई थाहा छ मैले भनिराख्नु नपर्ला, यो सरकारको उद्देश्य राज्यलाई कसरी वलियो बनाउने, लोकतन्त्रलाई कसरी वलियो बनाउने, सरकारलाई कसरी वलियो बनाउने, नागरिकलाई कसरी पलियो बनाउने भन्ने बिषयमा विगत २५ बर्षको अवधिमा जति ध्यान दिनुपर्ने हो ध्यान दिन सकेको रहेन छौं भन्ने कुरा म दोस्रो पटक मीन हुँदाखेरी अनुभव भयो ।
हरेक ठाउँमा विग्रीरहेको, भत्किरहेको, समस्या नै समस्या भएको, फोहोरै फोहोर थुप्रीएको हेर्दाखेरी समस्याको समाधान गर्नेतिर भन्दा सरकार परिवर्तनको बिषयमा अलमलिएर बिताएका छौं कि भन्ने महसुस भयो । मन्त्री गुरुङले भन्नुभयो ।
यति धेरै कमजोर भइसकेको राज्यलाई कसरी वलियो बनाउन सकिन्छ भन्ने मुल जड कुरामा हामिले छलफल चलाएका रहेन छौं । १८ खर्वको बजेट हुन्छ, तीन खर्व पुजीगत खर्चमा छुट्याउछौं हामी तर त्यसको आधा पनि छुट्याउन सक्दैनौ हामी । भौतीक पुर्वाधार मन्त्रालय, शहरी विकास मन्त्रालय, कृषि, स्वास्थ्य, वन मन्त्रालयहरु लागेको लागै छ । तर काम किन हुन नसकेको ? किन खर्च गर्न नसकेको ? जनताले नचाहेर हो ? हाम्रो आवश्यकता नभएर हो ? हैन सबै हँुदा हुँदै किन खर्च नहुनाको कारण राजनीति कमजोर भएर हो । समानुकुल पोलिसिहरु बनाउँदै जाने त्यसको आधारमा ऐन कानुनहरु निर्माण गर्दै जने साथै विनियमहरु बनाउदै लैजानु पर्छ ।
संरचनाहरु परिवर्तन गर्दै गठन पुनर गठन गर्दै लानुपर्ने थियो होला तर त्यसो भएको देखिएन । मानव स्रोतसाधन पर्याप्त भएको अवस्थामा किन कामहरु हुन नसक्नु राज्यमा वलियो सिस्टम बनाउन सकेनछौं हामीले । मन्त्री गुरुङको तर्क थियो ।
हामीलाई २८ खर्व ऋण लागिसकेको छ त्यसैले अवका दिनमा सकभर ऋण नलिने पोलिसि बनाउँदैछौं । पहिल्यै सम्झौता भएका साथै ऋणले नोक्सान हुदैन भने त्यस्तो अवस्थामा लिन्छौं । सरकारको प्रबक्ताको नाताले भन्नु पर्दा सरकारको पोलिसि जहापायो त्यहि ऋण पायौं भन्दैमा ऋण लिने अवस्थामा छैनौ । मुलुकको हितमा जनताको हितमा सुशासनको पक्षमा प्रयोग हुन सक्छ, धरै लाभ हुने अवस्थामा सोचौला अन्यथा ऋण लिँदैनौ । अनुदान लिन्छौं अनुदान लिनै प¥यो । प्रधानमन्त्री केपी ओली चिन भ्रमणमा जाँदै हुनुहुन्छ कुनैपनि प्रोजेक्टलाई ऋणको रुपमा ग्रहन गर्दैनौ ।
मदानी विट प्रलिका अध्यक्ष मोतिराम तिमल्सिनाले सञ्चालन गर्नुभएको कार्यक्रममा सम्पादक श्याम सापकोटाले स्वागत राख्नुभएको थियो । कार्यक्रम सञ्चालक एवं अध्यक्ष तिमल्सिनाले प्रधानमन्त्री केपी शर्मा ओली, पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका व्यक्तित्वहरुले पठाउनु भएको शुभकामना पत्रहरु प्रस्तुत गर्नुएको थियो । कार्यक्रममा पुर्व मन्त्री एवं संघिय सांसद गोकुल बाँस्कोटा, पुर्व राज्य मन्त्री एवं संघिय सांसद सुर्यमान दोङ, पुर्व राज्य मन्त्री एवं प्रदेश सांसद कञ्चनचन्द्र वादे, वागमती प्रदेशका पूर्व मन्त्री एवं सांसद रत्न ढकाल, पालिका प्रमुखहरु जिल्लाका कार्यालय प्रमुखहरु, राजनीतिक दलिय प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस