२०८३ अषाढ ३, बुधबार | Wed, 17, Jun, 2026

सरकारको निर्णय विरुद्ध आन्दोनमा उत्रिय चिकित्सकहरु


१०६३५ पाठक संख्या
  • २०८१ माघ १८, शुक्रबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक , १८ माघ । निर्वाह भत्ताको विषयलाई लिएर आवासीय चिकित्सकहरुले आजदेखि आन्दोलन थालेका छन्। आठौँ तहको मेडिकल अधिकृतको तलव सरह निर्वाह भत्ता हुनुपर्ने भन्दै उनीहरुले आज (शुक्रबार) पेन डाउन सहित विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

    स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिको अगुवाइमा बिहान ९ बजेदेखि १० बजेसम्म पेन डाउन र एप्रोनसहित प्रदर्शन गरिएको छ।

    केही दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री व्रदीप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले संयुक्त रुपमा निर्णय गरेका छन्। मन्त्रीद्वय हस्ताक्षरित निर्णयमा सःशुल्कतर्फ निजी मेडिकल कलेजमा अध्ययन गर्ने स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई कम्तिमा पहिलो वर्ष रु २५ हजार, दोस्रो वर्ष रु ३ हजार र तेस्रो वर्ष रु ३५ हजारका दरले निर्वाह भत्ता निजी मेडिकल कलेजले उपलब्ध गराउने भनिएको छ। तर, उक्त निर्णय अस्वीकार गर्दै आवासीय चिकित्सक आन्दोलनमा उत्रिएका हुन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार