२०८१ माघ २३, बुधबार | Wed, 05, Feb, 2025

माओवादी जितेको १२३ पालिका प्रमुख र उपप्रमुखको राष्ट्रिय भेला हुने


२३९३ पाठक संख्या
  • २०८१ माघ २१, सोमबार मा प्रकाशित १ दिन अघि
  • काभ्रेपलाञ्चोक । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले १२३ वटा स्थानीय तहका प्रमुख तथा उपप्रमुखको राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ ।

    सोमबार बसेको पदाधिकारी बैठकले पार्टीले जितेका स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते काठमाडौंमा गर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी गराउनु भयो । १२३ वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख गरी माओवादीले नेतृत्व गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार