२०८३ श्रावण १८, सोमबार | Mon, 03, Aug, 2026

कृषि नगरीको कृषकलाई कृषि औजार प्रदान


१०२७१ पाठक संख्या
  • २०८२ अषाढ १२, बिहिबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको कृषि नगरिको रुपमा परिचित पाँचखाल नगर वडा नं ३ का कृषकहरुले गाई प्रवर्दन कार्यक्रम अन्तरगतको यान्त्रिकरण प्रदान गरिएको छ ।

    आ.व ०८१/०८२ मा नयाँ गाई भैसी पकेट स्थापना कार्यक्रम अन्तरगत बागमती प्रदेश सरकारको (१० लाख) सशर्त तर्फको बजेटबाट उक्त सामाग्री नगर प्रमुख महेश खरेको प्रमुख आतिथ्यता , पाँचखाल नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा , पाँचखाल आर्थिक विकास संयोजक एवं वडा नं नं ४ को वडा अध्यक्ष सुन्दर तमाङ ,पाँचखाल वडा नं ३ को वडा अध्यक्ष सुन्दर अधिकारीको उपस्थितिमा उक्त सामाग्री वितरण गरिएको हो ।

    ठेक्का प्रकृयाबाट खरिद गरिएको यान्त्र उपकरणहरु कृषि सहकारी र विभिन्न फर्महरु मार्फत कृषकहरुलाई प्रदान गरिएको थियो । जसमा प्रतिष्ठा कृषि सहकारी पाँचखाल वढा नं ३ मार्फत च्याफकटर १३ , काउम्याट २१ , कम्वाइन मिल १९ । पञ्चकन्या कृषक समुह कम्वाइन मिल ६ । जागृती महिला समुह मार्फत कम्वाइन मिल ६ । सापकोटा कृषि तथा पशुपन्छी फर्म मार्फत च्याफकटर १, काउम्याट २ । एभरेष्ट एकिकृत कृषि तथा पशुपालन फर्म मार्फत काउम्याट २ । श्रीराम कृषि तथा पशुपालन फर्म मार्फत च्याफकटर १ , काउम्याट १ उपलब्ध गराइएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार