२०८३ श्रावण १८, सोमबार | Mon, 03, Aug, 2026

महाभारतका अध्यक्ष जिम्बा महालेखाद्वारा सम्मानित


६२१५ पाठक संख्या
  • २०८२ अषाढ १७, मंगलबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाकाे महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा सम्मानित भएका छन् । गत आवको लेखापरीक्षणबाट यो गाउँपालिकाको बेरुजु शून्य कायम गराउन सफल भएको भन्दै महालेखाले उत्कृष्ट पालिकाका रूपमा गाउँपालिका अध्यक्ष जिम्बालाई सम्मान गरेको हाे ।

    महालेखाको ६७औँ वार्षिकोत्सव समारोहमा आइतबार सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले महालेखाको प्रशंसापत्र जिम्बालाई प्रदान  गरेका थिए । गत आवमा गाउँपालिकाले चालू, पुँजीगत र वित्तीय/अन्य व्यवस्थातर्फ गरेर कुल ७२ करोड ८८ लाख ६८ हजार रुपैयाँ खर्च गरेको थियो । महालेखाले लेखापरीक्षण गर्दा प्रारम्भिक प्रतिवेदनबाट ५७ लाख रुपैयाँ बेरुजु कायम भएको थियो । तर, त्यो पूरै रकम गाउँपालिकाले फर्स्याेट गरिदिएपछि महालेखाले बेरुजु सम्परीक्षण गरिदिएको थियो ।

    अध्यक्ष जिम्बाले आफूहरूको निष्ठा र कानुनसम्मत काम गराइको परिणामले गाउँपालिका बेरुजुविहीन भएको प्रतिक्रिया दिए । ‘हाम्रोभन्दा पनि कानुनसम्मत तरिकाले काम गर्‍याैँ,’ उनले  भने, ‘कानुनबमोजिम मात्र काम गर्ने दृढसंकल्पले नै यो सम्भव भएको हो ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार