२०८३ श्रावण १८, सोमबार | Mon, 03, Aug, 2026

काभ्रेपलाञ्चोकमा सवारी दुर्घटना एकको मृत्यु


११२०७ पाठक संख्या
  • २०८२ अषाढ २२, आईतबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं ६ तिनकुने स्थित मेलम्ची सडक खण्डमा मोटरसाईकल दुर्घटना हुदा एकको मृत्यु भएको छ ।

    हिजो (शनिवार) राति १०ः१५ बजेको समयमा मेलम्ची बाट कुन्ताबेशी तर्फ आउदै गरेको बा ५४ प २६५४ न.को मो.सा.आफै अनियन्त्रीत भई मेलम्ची बाट कुन्ताबेशी तर्फ आउदै गरेकोे बा ४ ख ७५४७ नं. को टिपरमा ठक्कर खादा मोटरसाईकल चालकको मृत्त्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

    सो घटनाबाट घटनास्थलमै मृत्यु हुनेमा मोटरसाईकल चालक काभ्रेपलाञ्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका वडा नं .९ बस्ने बर्ष २८ को बिनोद रम्तेल रहेको प्रहरीले जनाएको छ । ट्रिपर चालक जनक ढकाल तथा ट्रीपर प्रहरीको नियन्त्रणमा रहेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार