२०८३ श्रावण १८, सोमबार | Mon, 03, Aug, 2026

पाँचखालमा मोवाईल चोरी गर्नेलाई प्रहरीले च्याप्पै


८५०३ पाठक संख्या
  • २०८२ अषाढ २७, शुक्रबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञचोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ स्थित समाजकल्याण चोकमा रहेको मोवाईल पसलबाट मोवाईल चोरी गर्नेहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार पाँचखाल वडा नं ४ समाजकल्याण चोकमा रहेको रविन इलेक्ट्रोनिक सेन्टर नामक पसलबाट असार १३ गते पसलमा र्ममतको लागि राखिएको मोवाईलहरु चोरी भएको थियो । पसलका प्रोपाईटरले प्रहरीलाई दिएको जानकारी अनुसार मर्मतको लागि पसलमा राखिएको ४० थान मोवाईल चोरी भएको थियो ।

    पसल चोरी भएको जानकारी पाउनासाथ प्रहरी चौकी पाँचखालका प्रहरी अधिकृत सहितको टोलिले सिसि टिभि फुटेजलाई आधार मानी खोजतलासि गर्दा काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नं २ घर भई भक्तपुर जिल्ला चागुनारायण नगरपालिका छालिङमा रहेको कोठामा लुकिछिपि वसेको अवस्थामा चोरीका अभियुक्त द्वया सुमन वाईवा र सुरेश वाईवालाई दसि प्रमाण सहित पक्राउ गरि आवश्यक कानुनि कारवाहि प्रकृया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार