२०८३ श्रावण १८, सोमबार | Mon, 03, Aug, 2026

यात्रु वाहक बस दुर्घटना हुदा २६ घाईते


६४७५ पाठक संख्या
  • २०८२ अषाढ २९, आईतबार मा प्रकाशित १ साल अघि
  • २९ असार, काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगपालिका ९ मा बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन् ।

    काठमाडौंबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नं. को बस आज बिहान चार बजेतिर आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए ।

    उनका अनुसार एक जना घाइतेको अवस्था गम्भीर र अन्यको सामान्य छ । ‘धेरैजसो घाइते डिस्चार्ज हुने प्रक्रियामा छन्,’ अधिकारीले भने । घाइतेहरुको कपिलवस्तु र रुपन्देहीका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार