काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा रहेका इट्टा भट्टाहरु लाई पाँचखाल नगरपालिकाले शील गरेको छ ।
पाँचखाल नगरमा सञ्चालन भएका इट्टा भट्टाहरुले समयमै नगरलाई तिर्नु बुझाउनुपर्ने कर नबुझाएकोले नगर कार्यपालिकाको ०८२ साल असार १८ गतेको निर्णय अनुसार शील गरिएको हो ।
पाँचखाल नगरपालिका नगर सभाबाट स्वीकृत भएको आर्थिक ऐन २०८१ को अधिनमा रही व्यवसाय कर चुक्ता गर्नुपर्ने तथा बक्यौता रहेको व्यवसाय कर चुक्ता गर्नको लागि नगरले पटक पटक पत्राचार गर्दा समेत कर चुक्ता नभएकोले २०८१ चैत्र २६ गते नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार कर चुक्ता नगरे सम्म इट्टा बिक्री बन्द गरिएको थियो ।
नगरले गरेको पत्राचारलाई वेवास्ता गरि व्यवसायिहरूले अटेर गरेपछि नगरको तफर्बाट कर चुक्ता नभए सम्मको लागि शिल गर्ने निर्णय अनुसार आज (सोमबार) सुरक्षाकर्मी समेतको नगरबाट गएका प्रतिनिधिहरूले भट्टा शील गर्ने प्रकृया अगाडि बढाएको छ । नगरलाई कर तिर्न बाँकी रहेका पाँच पाँच भट्टा मध्य तीनमा आज शील भएको छ र अन्य दुई शील हुने प्रकृयामा रहेको छ ।
आज (सोमबार) शील गरिएको भट्टाहरुमा पाँचखाल वडा नं १२ मा रहेको श्री जय भिमसेन इट्टा उद्योग प्रा.लि ‚ पलाञ्चोक भगवती फिक्स चिम्नी इट्टा उद्योग र पाँचखाल वडा नं ७ मा रहेको सुवर्णेस्वरी इट्टा उद्योग प्रा.लि शिल गरिएको छ ।
त्यसैगरि पाँचखाल नगरपालिका वडा नं ८ मा रहेको उपकार इट्टा उद्योग प्रा.लि र वडा नं ९ मा रहेको पलाञ्चोक भगवती ब्रिक इन्डष्ट्रिज प्रा.लि शील गर्ने प्रकृयामा रहेको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस