२०८३ श्रावण १८, सोमबार | Mon, 03, Aug, 2026

माओवादी केन्द्र काभ्रेको भेला सम्पन्न, के-के भयो निर्णय ?


५३५७ पाठक संख्या
  • २०८२ श्रावण ११, आईतबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक ।  नेकपा (माओवादी केन्द्र) काभ्रे जिल्ला समन्वय समितिको भेला सम्पन्न भएको छ । आज जिल्ला संयोजक भोला अर्यालको अध्यक्षतामा र पार्टीका केन्द्रिय सदस्य सूर्य सुवेदी ‘पथिक’को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

    भेलामा जिल्ला सचिव चयन गर्ने प्रस्ताव राखे पनि सहमति नजुटेका कारण सचिव चयन हुन नसकेको बताइएको छ । बैठकमा सहभागी एक नेतका अनुसार अबको अर्को बैठकमा साझा प्रस्तावसहित सचिव चयन गरिने निर्णय भएको छ ।

    यसैबीच भेलाले कूल १७५ सदस्यीय जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेको जिल्ला संयोजक अर्यालले जानकारी दिए । उनका अनुसार भेला भव्य र सभ्यरुपमा सम्पन्न भएको छ । भेलामा १२ वटा पालिकाका अध्यक्षहरुले रिपोर्टीङ पेश गरेको उनले बताए ।

    बैठकमा प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल, केन्द्रिय सदस्यहरू सूर्यमान दोङ, गंगाबहादुर तामाङ, रत्न ढकाल, रुकु चौलागाईं, मिना तामाङ र तेजबहादुर मिजार, अक्कलबहादुर थिङ, कृष्ण भण्डारी, होमकुमारी तामाङ, प्रदेश कमिटी सदस्यहरू, पालिका कमिटीका अध्यक्ष देखि सचिवसम्मको सहभागी रहेका थिए ।

    बैठकले आगामी संगठनात्मक सुदृढीकरणका लागि थप छलफल तथा निर्णयहरू आवश्यक रहेको निष्कर्ष निकालेको छ । पार्टीले अब एकीकृत रुपमा संगठन सशक्त पार्ने र आगामी राजनीतिक अभियानहरूलाई प्रभावकारी बनाउन सामूहिक नेतृत्वमा अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार