२०८३ श्रावण १७, आईतबार | Sun, 02, Aug, 2026

पाँचखालको खोकबेसी घटनाप्रति माओवादी केन्द्रको घोर निन्दा


१००११ पाठक संख्या
  • २०८२ श्रावण २८, बुधबार मा प्रकाशित ११ महिना अघि
  • काभ्रेपलाञ्चोक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पाँचखाल नगरपालिका समितिले साउन २५ गते दिउँसो पाँचखाल नगरपालिका–२, खोकबेसीमा भएको आक्रमण घटनाप्रति घोर निन्दा र भर्त्सना गरेको छ।

    पार्टीद्वारा जारी विज्ञप्ती अनुसार करिब बिहान ११:१५ बजे भएको घटनामा खड्ग बहादुर तामाङको परिवारमाथि साङ्घातिक हमला र धरपकड गरिएको बताइएको छ। विज्ञप्तीमा भनिएको छ कि खड्ग बहादुर तामाङले २०७४ सालमा आफ्ना भतिजहरू भक्त बहादुर, चन्द्र ब. र धन बहादुर तामाङलाई घर निर्माणका लागि सजिलो होस् भनेर आफ्नो निजी जग्गाको विचबाट बाटो दिने निर्णय गरेका थिए। तर पछिल्ला वर्षहरूमा उक्त बाटोलाई स्थायी बनाउन स्थानीय सरकारको सहयोगमा निरन्तर दबाब दिने कार्य भइरहेको माओवादी केन्द्रले आरोप लगाएको छ।

    खड्ग बहादुर तामाङले आफू अन्यायमा परेको तर विकास वा बाटो विरोधी नभएको स्पष्ट गर्दै, बाटो दुवैतर्फका जग्गाधनीहरूको सहमतिमा स्तरउन्नति गर्नुपर्ने मागसहित जिल्ला अदालतमा मुद्दा दायर गरेको र सो मुद्दा हाल विचाराधीन अवस्थामा रहेको तथ्य विज्ञप्तीमा उल्लेख छ।

    विज्ञप्तीमा घटनामा वडा अध्यक्ष रामेश्वर दाहाल र वडा सदस्य कान्छामान तामाङको संलग्नता रहेको आरोप लगाउँदै, यसलाई “सत्ता र शक्तिको दुरुपयोग” र “जनप्रतिनिधि तथा स्थानीय सरकारको गरिमा हानी पुर्‍याउने घिनलाग्दो हर्कत” भनेर वर्णन गरिएको छ। माओवादी केन्द्रले यो घटनालाई “विशुद्ध राजनीतिक आवरणमा नियोजित दुर्घटना” भन्दै दोषीहरूलाई हदैसम्मको सजायको माग गरेको छ।

    अध्यक्ष रमेश राज गिरीद्वारा हस्ताक्षरित विज्ञप्तीमा चेतावनी दिँदै भनिएको छ, “यस प्रकारका योजनाबद्ध र राजनीतिक आवरणमा गरिने घटनाको उचित समाधान नखोजिए राजनीतिक रुपमा प्रतिवाद गर्न बाध्य हुनेछौँ।”

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार