काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउंपालिकामा ए.एस.एफ नेपालको आयोजनामा र चौरीदेउराली गाउँपालिकाको सहजीकरणमा एक दिवसीय विपद जोखिम न्यूनीकरण कार्यशाला सम्पन्न भएको छ ।
कार्यक्रममा डि.पि.आर.क्यूका डा. गणेश कुमार जिमीले विशेष प्रस्तुतिकरण गर्नुभयो । कार्यक्रममा विपद् व्यवस्थापन र पूर्वतयारी सम्बन्धी अभिमुखीकरण गराइएको थियो । सुरक्षित आवास र जीविकोपार्जन कार्यक्रम अन्तर्गत सो कार्यशाला आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष रेणुका चौलागाईंको प्रमुख आतिथ्यतामा तथा चौरीदेउराली–५ का वडा अध्यक्ष कृष्ण प्रसाद गौतमको सभाध्यक्षतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि चौलागाईंले वर्षायामसँगै विभिन्न प्राकृतिक विपद्का कारण बढ्दो जोखिम न्यूनीकरणमा यस कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमको सहजीकरण गाउँपालिकाको तर्फबाट प्रतिनिधि उर्मिला परियारले गर्नुभयो भने संस्थाको तर्फबाट कृष्ण विकले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस