२०८३ श्रावण १७, आईतबार | Sun, 02, Aug, 2026

जिल्ला सहकारी संघको ४४ वार्षिक साधारण सभा सम्पन्न


१०६६१ पाठक संख्या
  • २०८२ आश्विन ४, शनिबार मा प्रकाशित १0 महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं ७ गोदामचोक केन्द्रिय कार्यालय रहेको जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ) को ४४ औं वार्षिक साधारण सभा तथा ५८ औं स्थापना दिवस सम्पन्न भएको छ ।

    “मर्यादित सहकारी समुन्नत समाज” मुल उदेश्यका साथमा ५८ वर्ष अगाडि स्थापना भएको जिल्ला सहकारी संघको अध्यक्ष अमन पोटेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

    नेपाल सरकार राष्ट्रिय सहकारी नियमन प्राधिकरणले २०८२ भदौ १७ गते जारी निर्देशनको अक्षरस पालना गर्दै संघका अध्यक्ष अमन पोटे श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । संघको स्थापना २०२४ साल भदौ २६ गते सहकारी विभाग काठमाडौंमा दर्ता भई भएको हो। हाल यसको केन्द्रीय कार्यालय बनेपा–७ मा रहेको छ भने पाँचखाल, भकुण्डे र पनौतीमा सेवा केन्द्र सञ्चालन गर्दै आएको छ ।

    संघले जिल्लाभरका सहकारी संस्थाहरूसँगको सहकार्यलाई सहज, मर्यादित र व्यवस्थित बनाउन पारदर्शी अभियान अघि बढाइरहेको जानकारी दिइएको छ । गत आर्थिक वर्षमा संघले कूल १ अर्ब ४१ करोड ६९ लाख १ हजार ९४२ रुपैयाँको कारोबार गरी १ करोड १४ लाख ६७ हजार ४३० रुपैयाँ नाफा कमाएको छ। चालु आर्थिक वर्षका लागि संघले १ अर्ब ४६ करोड २१ लाख ७५ हजार १२ रुपैयाँ कारोबार गर्ने र २ करोड ६ लाख ९८ हजार ८८२ रुपैयाँ नाफा गर्ने लक्ष्य लिएको छ ।

    संघमा हालसम्म काभ्रेका १३ वटै स्थानीय तहबाट ५९४ वटा सहकारी संस्था आबद्ध भएको संघका सचिव प्रकाश बञ्जाराले जानकारी दिए । वार्षिक कार्यक्रममा सहकारी क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्ने परम्पराअनुसार यस वर्ष काभ्रे टाइम्सका पत्रकार रमेश न्यौपानेलाई सम्मान गरिएको छ। विगत २७ वर्षदेखि पत्रकारितामार्फत निरन्तर सूचना प्रवाह गर्दै आएको योगदानका लागि उनलाई नगद १० हजार रुपैयाँ र प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो ।

    कार्यक्रममा संघका सल्लाहकार एवम् पूर्वअध्यक्षहरू, सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो । जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलान्चोकको ४४ औं वार्षिक साधारणसभा तथा ५८ औं स्थापना दिवस को अवसरमा सहकारी उत्कृष्ठ व्यवसायी पुरस्कार आत्म निर्भर बहुउद्देश्य सहकारी सन्था पाँचखाल –१० वेला , सहकारी पत्रकारिता पुरस्कार रमेश प्रसाद न्यौपाने र उत्कृष्ठ कर्मचारी पुरस्कार नवदुर्गा साकोश का दीपक तिमल्सिनालाई प्रदान गरिएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार