२०८३ श्रावण १७, आईतबार | Sun, 02, Aug, 2026

मौसम प्रतिकूल, प्राधिकरणद्वारा सतर्कता अपनाउन आग्रह


६२६७ पाठक संख्या
  • २०८२ कार्तिक ११, मंगलबार मा प्रकाशित ९ महिना अघि
  • काभ्रेपलाञ्चोक, कात्तिक ११ गते । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न प्रदेशमा प्रतिकूल मौसमको सम्भावना रहेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

    प्राधिकरणका प्रवक्ता एवम् उपसचिव शान्ति महतका अनुसार बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावका कारण कात्तिक १३ गते बिहीबार दिउँसोदेखि १५ गते शनिबार बिहानसम्म कोशी, मधेस र बागमती प्रदेशको मौसम प्रभावित हुने अनुमान गरिएको छ ।

    जल तथा मौसम विज्ञान विभागले उक्त अवधिमा विशेष गरी मधेस र कोशी प्रदेशका धेरै स्थानमा र बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

    प्राधिकरणले सम्भावित डुबान क्षेत्रका बासिन्दालाई अग्लो र सुरक्षित स्थानबारे जानकारी लिन, अरूलाई पनि सचेत गराउन र आवश्यकता परे सुरक्षित स्थानमा जान आग्रह गरेको छ । साथै, नदी किनारका बासिन्दा, किसान, स्थानीय तह, तीनवटै सुरक्षा निकाय र स्वयम्सेवकलाई उच्च सतर्कता अपनाउन र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार