२०८३ श्रावण १७, आईतबार | Sun, 02, Aug, 2026

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना, पाइलटको सकुशल उद्धार


९०४९ पाठक संख्या
  • २०८२ कार्तिक १२, बुधबार मा प्रकाशित ९ महिना अघि
  • १२ कात्तिक, काभ्रेपलाञ्चोक । सोलुखुम्बुको लुबुचेमा आज बिहान अल्टिच्युट एयरको हेलिकप्टर दुर्घटना भएको छ । सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेका अनुसार हेलिकप्टर ल्यान्ड गर्ने क्रममा चिप्लिएर दुर्घटनामा परेको हो ।

    दुर्घटनाग्रस्त हेलिकप्टरमा कुनै यात्रु थिएनन् । पाइलटलाई सकुशल उद्धार गरिएको पाण्डेले जानकारी दिइन् । काठमाडौंबाट उद्धारका लागि गएको उक्त हेलिकप्टर लुबुचेमा दुर्घटनाग्रस्त भएको बताइएको छ ।

    घटनास्थलमा सुरक्षाकर्मी र उद्धार टोली पुगेको र थप विवरण संकलन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार