२०८३ श्रावण १७, आईतबार | Sun, 02, Aug, 2026

एमालेको मंसिर ६ गते काठमाडौंमा विशाल जनसभा हुने


७६४५ पाठक संख्या
  • २०८२ कार्तिक १५, शनिबार मा प्रकाशित ९ महिना अघि
  • १५ कात्तिक, काठमाडौं ।नेकपा (एमाले) ले मंसिर ६ गते काठमाडौंमा ठूलो जनसभा गर्ने तयारी गरेको छ। शनिबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले वडास्तरदेखि जिल्लास्तरसम्मका कार्यक्रम मार्फत काठमाडौंको जनसभासम्म पुग्ने निर्णय गरेको हो।

    पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, देशभरका सबै वडामा कात्तिक २२ गते जनभेला आयोजना गरिनेछ भने पालिकास्तरमा कात्तिक २५ गते प्रदर्शन गरिनेछ। त्यसपछि कात्तिक २९ गते देशभर जनसभा सञ्चालन गर्ने र अन्ततः मंसिर ६ गते काठमाडौंमा मुख्य जनसभा आयोजना गर्ने योजना रहेको उनले बताए।

    ज्ञवालीका अनुसार, यी सबै कार्यक्रम पार्टीको जनपरिचालन अभियान अन्तर्गत तय गरिएको हो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार