२०८३ श्रावण १५, शुक्रबार | Fri, 31, Jul, 2026

विवाहका लागि निस्किएका पुरुष मृत फेला


५६६९ पाठक संख्या
  • २०८२ मंसिर २५, बिहिबार मा प्रकाशित ७ महिना अघि
  • नवलपुर, मंसिर २५ । विवाह समारोहमा सहभागी हुन घरबाट हिँडेका एक पुरुष नवलपुरको चोरमारामा मृत अवस्थामा फेला परेका छन्।

    जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक विरेन्द्र गुरुङका अनुसार कावासोती–५ घर भई हाल कावासोती–३ थारु टोलमा बस्दै आएका जितबहादुर उपाध्याय आज विहान चोरमाराको उकालो क्षेत्रमा मृत भेटिएका हुन्।

    प्रहरीका अनुसार अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ। उपाध्यायको शरीरमा कुनै प्रकारका चोटपटक नदेखिएको र आवश्यक कानुनी प्रक्रिया पूरा गर्न शवलाई पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल पठाइएको जनाइएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार