२०८३ श्रावण १५, शुक्रबार | Fri, 31, Jul, 2026

एकतामार्फत कम्युनिष्ट आन्दोलन पुनर्जीवित हुन्छ—शाक्य,नेकपा हुँदा जनताले दिएको साथ जोगाउन नसकियो—देउजा


६६३१ पाठक संख्या
  • २०८२ मंसिर २९, सोमबार मा प्रकाशित ७ महिना अघि
  • एकतापछि पुनर्जीवनको खोजीमा कम्युनिष्ट आन्दोलन: काभ्रेपलाञ्चोक बैठकको राजनीतिक सन्देश, 

    एकताको बलमा मुलुकमा समाजवादको स्थापना गर्नेमा दुईमत रहंदैन—शाक्य,

    काभ्रेमा नेपाली कम्युनिष्ट पार्टीको परिचयात्मक बैठक सम्पन्न‚
    नेकपा हुदा जनताले दिएको साथ बोकाको मुखमा कुविन्डो नअटे जस्तो भयो—देउजा‚

     काभ्रेपलाञ्चोक नेपाली कम्युनिष्ट पार्टी काभ्रेपलाञ्चोकको परिचयात्मक बैठक शनिबार सम्पन्न भएको छ । बनेपा रेडक्रस मार्गमा पार्टी कार्यालय उद्‌घाटन पश्चात अरनिको पाटी प्यालेसमा उक्त बैठक सम्पन्न भएको हो । 

     बैठकको प्रमुख अतिथि तत्कालीन नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिव हितमान शाक्य (सुमन) ले बताउनु भयो—कम्यूनिष्ट पार्टीको इतिहास हेर्दा ‚ कम्युनिष्ट भनेको फुट्न मात्रै जानेको रहेछन् भन्ने भाष्य निर्माण हुन खोज्दै थियो । सो विषयलाई मेटेर सिङ्गो पङ्क्तिलाई एकता बनाउनु पर्यो भन्ने उद्देश्यको साथ मूलधार नेपाल कम्युनिष्ट पार्टी बनेको थियो जसको कारण नेपाली जनता निकै खुसी भएका थिए ।

    जुन समयमा भएको निर्वाचनको परिणाम हेर्दा देशको नेतृत्व अव कम्युनिष्ट पार्टीले गर्ने छ भन्ने आम जनतामा आशा पलाएको थियो । तर नेपाली जनताले त्यति धेरै माया गर्दा गर्दै पनि हामिले बचाउन सकेनौ । जसले गर्दा कम्युनिष्ट पार्टीमा नराम्रो छाप छोडेर गएका छन् । कार्यक्रमका प्रमुख अतिथि शाक्यले थप्नुभयो—पछिल्लो समयमा आएर १६ वटा पार्टीबीचमै एकताको सुरुवात गर्दैगर्दा विगतमा भएको टुटफुट विभाजनलाई ख्याल गर्दै एकै पटक एकता प्रकृयाको सुरुवात गरेनौ । एकता प्रकृयाको निम्ति विचार र राजनीति मिल्ने नीति तथा योजना मिल्ने पार्टीहरूका विचमा हाम्रो सहकार्यको सुरुवात भयो ।

    लामो समय सम्म संयुक्त मोर्चा बनाएर अगाडि बढ्दै जाँदै गर्दा पार्टी एककीरण गर्नुपर्छ भन्ने उद्देश्यका साथ अगाडि बढेका छौं । यो सारै राम्रो सुरुवात हो यो १६ घटकमा मात्रै सीमित रहँदैन । विगतमा भएको एकता र विभाजनलाई मध्यनजर राख्दै अध्ययन गर्दै मुलुकमा समाजवादको स्थापना गर्नेमा दुईमत रहँदैन । नेपाली कम्युनिष्ट पार्टीको मुख्य लक्ष नै समाजवाद स्थापना गर्ने नै हो । शाक्यले प्रस्ट्याउनु भयो । 

    बैठकमा विशेष अतिथिको रुपमा उपस्थित रहनुभएको तत्कालीन नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सचिव सावित्रा भुसालले पद र जिम्मेवारीलाई लिएर दौडधुप गर्नुभन्दा नेपाली कम्युनिष्ट पार्टी निर्माण अभियानलाई तिव्रता दिनुपर्ने बताउनु भयो । उहाँले थप्नुभयो —नेपालमा मात्रै नभएर विश्व परिस्थिति असजिलो अवस्थामा पुगेको छ ‚ कतै तेस्रो विश्वयुद्ध पो हुनेहो की भन्ने भान परेको छ ‚ विश्वको विभिन्न ५२ देशहरुमा जेनजीले चलाएको आन्दोलन अरुलेनै कब्जा गरेको छ । नेपालमा पनि सोहिरुप भयो २३ गते जुनढंगबाट जेनजीहरु अगाडि बढेका थिए २४ गरेको परिणाम अर्कोतिर फरक ढंगबाट मोडियो ।  

    परिचयात्मक बैठकमा अतिथिको रुपमा आउनु भएका राष्ट्रिय महाधिवेशन आयोजक समितिको सदस्य एवं पुर्व सांसद शिव वहादुर देउजाले आम नेपाली जनताले खोजेअनुसारको सुशासन साथै भ्रष्टाचार मुक्त समाज निर्माण हुन नसक्दा सो पुरा गर्नको लागि एककीरण प्रकृया अगाडि बढाएको बताउनु भयो । सुशाषणको नाउमा बक्तव्य निकालेको भरमा हुदैन ‚ कुनैपनि तह वा कायार्यालयहरुमा सेवा लिदै गर्दा जताले (सेवाग्रहि) सुशाषणको महसुस गर्नुपर्छ ‚ सो वातावरण निर्माण गर्न हाल सम्म सफल नभएकोले सो अधुरो साथै जनताको चाहना नेपाली कम्युनिष्ट पार्टीले पुरा गर्ने बताउनु भयो । विगतमा पार्टी कता भएर नेकपा हुदापनि जनता खुसी थिए झण्डै दुईतिहाईको हाराहारिमा स्थान दिएकै हुन तर वोकाको मुखमा कुविण्डो अटेन । देउजाले भन्नुभयो । 

    त्यसैगरी राष्ट्रिय महाधिवेशन आयोजक समितिको सदस्य सुर्यमान दोङ (लालध्वज) ले विचार मिल्ने साथै आगामि दिनहरुमा कार्यदिसा मिल्नेहरुसंग एकता भएको छ । यो हालसम्म १६ दलको बिचमा भएको एकता विगतमा नेकपा एमालेसंग गरेजस्तो एकता नभई रुपान्तरण सहितको एकता भएको बताउनु भयो । सुसाषण सहितको‚ सामाजिक न्याएको लागि साथै मुलुकमा भएको भ्रष्टाचारको अन्त्यको लागि एकता । नेपाली कम्युनिष्ट पार्टी बर्गसंघर्षको भट्टिमा जादैछौं यस क्रममा हामिले दक्षता प्रस्तुत गर्न जरुरी रहन्छ । दोङले भन्नुभयो ।  

    वागमती प्रदेशका पुर्व मन्त्री बसुन्धरा हुमागाईले स्वागत मन्तव्य राखि सुरुभएको उक्त परिचयात्मक बैठकमा नेकपा नेता गोकुल गौतमको सञ्चालन तथा केन्द्रीय सदस्य भोला अर्यालको सभापतित्वमा सम्पन्न बैठकमा दैबलाल घिसिङ (अनुशील) ले परिपत्र वाचन गर्नुभएको थियो ।

    काभ्रेपलाञ्चोक जिल्लामा रहेका विभिन्न कम्युनिष्ट घटकहरूबीच परिचयात्मक बैठकमा दलका प्रतिनिधिहरुले आ—आफ्नो प्रतिवेदनहरु प्रस्तुत गर्नुभएको थियो । जसमा तत्कालिन नेकपा माओवादीको तफर्बाट जिल्ला इञ्चार्ज तेजबहादुर मिजार ‚ तत्कालिन एकिकृत समाजवादि जिल्ला इञ्चार्ज टोकवहादुर वाईवाले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी नेसपाको केन्द्रिय सदस्य रहर सिं तमाङ ‚ नेकपाको केन्द्रिय सदस्य शंकर लामा ‚ नेकपा माओवादी समाजवादि केन्द्रिय सदस्य दिपक जंगम ‚ जनसमाजवादीको केन्द्रिय सदस्य धनध्वज तमाङ लगाएतका नेताहरुले पार्टीको अवस्थाको वारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।  

    बैठकमा उपस्थित सहभागिहरुले बैठकलाई ऐतिहासिक रूपमा लिइएको पाईएको छ । बैठकले आगामी पुस ५ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एकता सन्देश सभालाई सफल बनाउन काभ्रेपलाञ्चोक जिल्लाबाट उल्लेख्य मात्रामा जनपरिचालन गर्ने निर्णय गरेको छ । सहभागी नेताहरूका अनुसार उक्त सभा कम्युनिष्ट आन्दोलनलाई पुन: जनतासँग जोड्ने‚ फैलिँदै गएको निराशालाई निमिट्यान्न पार्नेर् तथा एकताको सन्देश देशभर विस्तार गर्ने महत्वपूर्ण अवसर हुनेछ । एकताको क्रममा तत्कालिन नेकपा माओवादी केन्द्रको १२ हजार ५००‚ एकिकृत समाजवादीको ६ हजार ५०० र अन्य दलहरुको समेत गरि २५ हजारभन्दा माथि संगठित सदस्यहरु रहेको जानकारी गराईएको छ ।  

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार