२०८३ भाद्र १०, बुधबार | Wed, 26, Aug, 2026

विद्यार्थीको उज्ज्वल भविष्यसँगै स्वस्थ जीवन निर्माणमा गोल्डेन फ्यूचर


३२७७ पाठक संख्या
  • २०८३ भाद्र ९, मंगलबार मा प्रकाशित १५ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका–४ मा तीन दशकभन्दा लामो समयदेखि सञ्चालनमा रहेको गोल्डेन फ्यूचर (सुनौलो भविष्य) माध्यमिक विद्यालयले गुणस्तरीय शिक्षासँगै विद्यार्थीको स्वास्थ्य, व्यवहारिक ज्ञान, नैतिक शिक्षा र अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकतामा राख्दै आएको छ।

    पाँचखाल तथा आसपासका क्षेत्रमा आधुनिक र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले ३४ वर्षअघि स्थापना भएको विद्यालयले पछिल्लो समय विद्यार्थीको स्वास्थ्य सुरक्षालाई पनि शैक्षिक गतिविधिकै महत्वपूर्ण पाटोका रूपमा अघि बढाएको हो। विद्यालयले बदलिँदो स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै विद्यार्थीलाई विभिन्न रोगबाट बच्ने उपायबारे नियमित रूपमा जानकारी गराउने तथा अभिभावकलाई समेत सचेत बनाउने अभियान सञ्चालन गर्दै आएको जनाएको छ।

    नेपालमा लामखुट्टेको टोकाइबाट हुने डेङ्गु, जापानिज इन्सेफलाइटिसलगायतका रोगको जोखिम बढ्दै गएको अवस्थामा विद्यालयले विद्यार्थीलाई व्यक्तिगत सरसफाइ, लामखुट्टेको टोकाइबाट बच्ने उपाय, घर तथा विद्यालय परिसर सफा राख्ने तरिका र रोगका सम्भावित लक्षणबारे जानकारी गराउँदै आएको छ। यसका लागि विद्यालयमा अतिरिक्त कक्षा तथा सचेतनामूलक गतिविधिसमेत सञ्चालन गरिने गरिएको विद्यालय प्रशासनले जनाएको छ।

    विद्यालयका प्रिन्सिपल विशाल घिमिरेका अनुसार हाल गोल्डेन फ्यूचरमा एक हजार दुई सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। पाँचखाल नगरपालिका र आसपासका क्षेत्रसँगै सिन्धुपाल्चोकलगायतका जिल्लाबाट समेत विद्यार्थी अध्ययनका लागि विद्यालयमा आउने गरेका छन्।

    “हामीले गुणस्तरीय शिक्षाका साथै विद्यार्थीलाई व्यवहारिक र नैतिक शिक्षा दिन विशेष जोड दिएका छौँ। अहिलेको समयमा पाठ्यपुस्तकमा सीमित शिक्षा मात्र पर्याप्त हुँदैन। विद्यार्थीलाई समाज, स्वास्थ्य, अनुशासन, नैतिकता र दैनिक जीवनसँग जोडिएको व्यवहारिक ज्ञान पनि आवश्यक छ,” प्रिन्सिपल घिमिरेले भन्नुभयो।

    विद्यालयले विद्यार्थीको शैक्षिक उपलब्धिसँगै उनीहरूको सर्वाङ्गीण विकासलाई आफ्नो प्रमुख उद्देश्य बनाएको उहाँको भनाइ छ। अतिरिक्त क्रियाकलाप, खेलकुद, सिर्जनात्मक गतिविधि तथा विभिन्न सचेतनामूलक कार्यक्रममार्फत विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने प्रयास भइरहेको विद्यालयले जनाएको छ।

    स्वास्थ्यप्रति सचेत विद्यार्थीले आफ्नो परिवार र समुदायमा समेत सकारात्मक सन्देश प्रवाह गर्न सक्ने भएकाले विद्यालय तहबाटै स्वास्थ्यसम्बन्धी व्यवहारिक ज्ञान दिन आवश्यक रहेको प्रिन्सिपल घिमिरे बताउनुहुन्छ।

    “विद्यार्थीलाई स्वस्थ रहने वातावरण निर्माण गर्दै उनीहरूको भविष्य निर्माण गर्नु हाम्रो दायित्व हो। त्यसैले विभिन्न रोगबाट बच्ने उपाय, व्यक्तिगत सरसफाइ र स्वास्थ्य सुरक्षाका विषयमा पनि हामीले विशेष ध्यान दिँदै आएका छौँ। समय–समयमा विद्यार्थीलाई सचेत गराउने र अभिभावकलाई समेत जानकारी दिने कार्यलाई निरन्तरता दिएका छौँ,” उहाँले भन्नुभयो।

    विद्यालयका अनुसार शिक्षा केवल परीक्षा उत्तीर्ण गर्ने माध्यम नभई विद्यार्थीलाई जिम्मेवार, अनुशासित, स्वस्थ र सक्षम नागरिकका रूपमा विकास गर्ने आधार हो। त्यसैले कक्षाकोठाभित्रको सिकाइसँगै विद्यार्थीको स्वास्थ्य, आचरण, सामाजिक जिम्मेवारी र व्यवहारिक क्षमताको विकासलाई विद्यालयले समान प्राथमिकता दिएको छ।

    तीन दशकभन्दा बढी समयदेखि शैक्षिक क्षेत्रमा निरन्तर क्रियाशील गोल्डेन फ्यूचरले बदलिँदो समय र आवश्यकता अनुरूप आफ्नो शैक्षिक अभ्यासलाई परिमार्जन गर्दै आएको जनाएको छ। गुणस्तरीय शिक्षा, आधुनिक शिक्षण पद्धति, अतिरिक्त क्रियाकलाप र स्वास्थ्य सचेतनालाई एकसाथ अघि बढाउँदै विद्यालयले विद्यार्थीको सुरक्षित र उज्ज्वल भविष्य निर्माणमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु