२०८३ भाद्र ८, सोमबार | Mon, 24, Aug, 2026

सवारी दुर्घटनामा परि दुईको मृत्यु, १० घाइते


१५६१ पाठक संख्या
  • २०८३ भाद्र ८, सोमबार मा प्रकाशित ७ घण्टा अघि
  • स्याङ्जा, ८ भदौ । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् ।

    गल्याङबाट गल्याङ नगरपालिका–९ साङ्लियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको जिप सोमबार साँझ करिब पौने ६ बजे करादीस्थित उकालो सडकमा नियन्त्रण गुमाएर दुर्घटनामा परेको हो ।

    दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ ।

    दुर्घटनापछि प्रहरीले घटनास्थलमा उद्धार तथा अनुसन्धानको काम अघि बढाएको छ । जिपमा दुर्घटनाका बेला कति जना सवार थिए भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ ।

    मृतक तथा घाइतेको परिचयसमेत खुल्न बाँकी रहेको डीएसपी अवस्थीले बताए । उनका अनुसार घाइतेहरूको अवस्था तथा परिचयबारे जानकारी लिन विभिन्न अस्पतालमा प्रहरी टोली परिचालन गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु