२०८३ भाद्र १८, बिहिबार | Thu, 03, Sep, 2026

विपद्मा मानवीयता देखाउँदै डिस्कोफको १ लाख ५९ हजार सहयोग


२९९१ पाठक संख्या
  • २०८३ भाद्र १७, बुधबार मा प्रकाशित १८ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ) काभ्रेपलाञ्चोकले १ लाख ५९ हजार ५०० रुपैयाँ सहयोग गरेको छ।

    गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट भएको मानवीय क्षति, धनजनको ठूलो नोक्सानी तथा भौतिक संरचना र सार्वजनिक सम्पत्तिमा पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै संघले राहत तथा उद्धार अभियानमा हातेमालो गरेको हो।

    संघका अनुसार सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, कर्मचारी तथा संघका संयुक्त योगदानबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।

    विपद्को समयमा सहकारी क्षेत्रको सामाजिक उत्तरदायित्व निर्वाह गर्दै पीडित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रकम उपलब्ध गराइएको संघले जनाएको छ।

    संघका अध्यक्ष अमन पौडेल श्रेष्ठले विपद्का बेला सहकारी क्षेत्रको एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै प्रभावित नागरिकको पीडामा साथ दिन सबै सहकारी संघ–संस्थालाई आह्वान गरेका छन्।

    “विपद्को घडीमा पीडितको साथमा उभिनु हाम्रो सामाजिक दायित्व हो,” संघले अपिलमार्फत भनेको छ। आगामी दिनमा पनि राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा सहकारी क्षेत्रबाट सक्दो सहयोग जारी रहने प्रतिबद्धता संघले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु