२०८३ भाद्र १८, बिहिबार | Thu, 03, Sep, 2026

रसुवाका बाढीपीडितलाई भुम्लुको ३० लाख


१०४१ पाठक संख्या
  • २०८३ भाद्र १८, बिहिबार मा प्रकाशित ३ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । प्राकृतिक विपत्तिले पीडामा परेको रसुवाका बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाले ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

    भुम्लु गाउँपालिकाको प्रशासनिक भवनमा बसेको गाउँ कार्यपालिकाको बैठकले रसुवामा बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।

    बाढीले घर, सम्पत्ति र जीविकोपार्जनमा क्षति पुर्‍याएर संकटमा परेका नागरिकको पीडामा साथ दिँदै भुम्लु गाउँपालिकाले आफ्नो स्थानीय तहभन्दा बाहिरसमेत सहयोगको हात बढाएको हो।

    विपद्का बेला स्थानीय तहबीच सहकार्य, ऐक्यबद्धता र मानवीय संवेदना अभिव्यक्त गर्ने उद्देश्यले गरिएको यो सहयोगलाई सकारात्मक पहलका रूपमा हेरिएको छ। भुम्लुको निर्णयले विपत्तिमा भौगोलिक सीमा होइन, मानवीयता र सहकार्य महत्वपूर्ण हुन्छ भन्ने सन्देशसमेत दिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु