२०८३ आश्विन ६, मंगलबार | Tue, 22, Sep, 2026

संयुक्त राष्ट्रसंघ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान


८०७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८३ आश्विन ६, मंगलबार मा प्रकाशित ८ घण्टा अघि
  • ६ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् ।

    प्रधानमन्त्री शाह केहीबेरअघि कतार एयरवेजको विमानमार्फत दोहा हुँदै न्युयोर्कतर्फ प्रस्थान गरेका हुन् । चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी महासभामा सहभागी हुन त्यसतर्फ गएका हुन् ।

    प्रधानमन्त्री शाहले असोज ८ गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्बोधनका क्रममा उनले नेपालमा पछिल्लो समय देखिएका जलवायुजन्य विपद्, त्यसबाट भएको जनधनको क्षति तथा जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली मुलुकले भोगिरहेका चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने बताइएको छ ।

    विशेषगरी भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको ठूलो जनधनको क्षतिलाई जलवायु परिवर्तनको असर र जोखिमसँग जोडेर प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको धारणा राख्ने तयारी गरेको जनाइएको छ ।

    महासभामा सहभागी हुन यसअघि नै परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली असोज ४ गते न्युयोर्क पुगिसकेको छ ।

    प्रधानमन्त्री शाहको महासभा सहभागितालाई नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको जोखिम, विपद् व्यवस्थापन तथा हिमाली क्षेत्रका समस्यालाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने अवसरका रूपमा हेरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार