२०८३ आश्विन १३, मंगलबार | Tue, 29, Sep, 2026

बीपी राजमार्गमा ‘ब्रेकथ्रु’ : साना गाडी चल्न थाले, ठूला अझै रोकिए


१११९ पाठक संख्या
  • २०८३ आश्विन १३, मंगलबार मा प्रकाशित १४ घण्टा अघि
  • काभ्रे — बीपी राजमार्गमा साना सवारीसाधन सञ्चालनमा आएका छन्। तर, सडकको अवस्था पूर्ण रूपमा सहज नभएकाले ठूला सवारीसाधन भने अझै सञ्चालन हुन सकेका छैनन्।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रवक्ता डीएसपी रविन विष्टका अनुसार मंगलबार दिउँसो १ः०५ बजेसम्म गिम्दीबेँसी, घुमाउने र डालाबेँसी क्षेत्रमा एकतर्फी रूपमा सडक सञ्चालनमा आएको छ।

    ती स्थानमा सडक मर्मत तथा थप व्यवस्थापनको कामसमेत जारी रहेको प्रहरीले जनाएको छ। सडकको अवस्था पूर्ण रूपमा सहज नभएकाले सवारी चालक तथा यात्रुलाई सावधानीपूर्वक र सुरक्षित रूपमा यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।

    ठूला सवारीसाधन तत्काल सञ्चालन गर्न सकिने अवस्था नरहेको प्रहरीले स्पष्ट पारेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑