२०८३ आश्विन १२, सोमबार | Mon, 28, Sep, 2026

धापाखेलमा बिहानै ठूलो दुर्घटना : साढे दुईतले घर भत्कियो


१७६९ पाठक संख्या
  • २०८३ आश्विन १२, सोमबार मा प्रकाशित १८ घण्टा अघि
  • १२ असोज, काठमाडौं । अविरल वर्षाका कारण जमिन गलेपछि ललितपुर महानगरपालिका–२४ धापाखेलमा साढे दुईतले घर भत्किएर ढलेको छ। समयमै घर खाली गराइएकाले ठूलो दुर्घटना हुनबाट जोगिएको छ।

    प्रहरीका अनुसार सोवितकुमार थापाको घर सोमबार बिहान करिब ६ बजेर ३५ मिनेटमा ढलेको हो। घर जोखिममा रहेको देखिएपछि प्रहरीले अघिल्लो दिन नै घरधनीलाई घर खाली गर्न आग्रह गरेको थियो।

    उक्त घरमा थापासहित तीन जनाको परिवार बस्दै आएको थियो। घर भिरालो जमिनमा निर्माण गरिएको र लगातारको वर्षाका कारण जमिन गलेपछि घर ढलेको ललितपुरका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।

    घर ढलेपछि त्यसको भग्नावशेषले घरमुनि रहेको खोल्सासमेत थुनिएको प्रहरीले जनाएको छ। घटनापछि थप जोखिम हुन नदिन आवश्यक सुरक्षा सतर्कता अपनाइएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑