२०८३ आश्विन १५, बिहिबार | Thu, 01, Oct, 2026

नारायणीको रौद्ररूप : करोडौँको लगानी बालुवामा


१२४९ पाठक संख्या
  • २०८३ आश्विन १४, बुधबार मा प्रकाशित १ दिन अघि
  • चितवन । नारायणगढ बजारसँगै नारायणी नदी किनारलाई ‘सिबिच’को ढाँचामा विकास गरी आकर्षक पर्यटकीय गन्तव्य बनाउने भरतपुर महानगरपालिका र स्थानीयको योजना भीषण बाढीले तहसनहस पारेको छ।

    गत आइतबार नारायणीमा ११.९३ मिटर जलसतह पुगेको थियो। देवघाटस्थित जलमापन केन्द्रका अनुसार यो सन् १९६३ मा मापन सुरु भएयताकै उच्च जलसतह हो। बाढीले नदी किनारमा निर्माण गरिएका फुटट्रेल, पार्किङ, बगैँचा, मोजाइक टायल तथा हरियाली संरचना बगाएको छ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ६ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण गरिएको २.४ किलोमिटर फुटट्रेल र बगैँचासहित भरतपुर महानगरपालिका र उद्योग वाणिज्य सङ्घले ९७ लाख रुपैयाँ खर्चेर बनाएको पैदलमार्गसमेत बाढीको चपेटामा परेका छन्।

    हाल २०७९ सालमा नारायणी नदी व्यवस्थापन आयोजनाले १५ करोड ९२ लाख रुपैयाँमा निर्माण गरेको ६५० मिटर लामो आरसीसी संरचना मात्र बाँकी रहेको जनाइएको छ।

    भरतपुर महानगरका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले नदी किनारलाई पर्यटकीय गन्तव्य बनाउने योजना भए पनि हरेक वर्ष आउने बाढी चुनौती बनेको बताए। यसपटक नदीको बहाव बजार क्षेत्रतर्फ सोझिएपछि नारायणगढ बजारको सुरक्षामाथि समेत प्रश्न उठेको स्थानीयको भनाइ छ।

    उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष राजन गौतमले नदीको प्राकृतिक बहावलाई बेवास्ता गरेर गरिने लगानी दीर्घकालीन नहुने बताए। डिभिजनल इन्जिनियर सन्तोष आचार्यले पछिल्लो बाढीपछि नदीको सतह र बहावको नयाँ अवस्थालाई आधार बनाएर पुनः नक्साङ्कन गरी मात्र तटबन्ध तथा पूर्वाधार निर्माण अघि बढाउनुपर्ने बताएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑