२०८३ कार्तिक ९, आईतबार | Sun, 25, Oct, 2026

धनुषामा श्रीमान्–श्रीमती मृत फेला, चार वर्षीय छोरा घाइते


११७१ पाठक संख्या
  • २०८३ कार्तिक ९, आईतबार मा प्रकाशित ६ घण्टा अघि
  • जनकपुरधाम, ८ कात्तिक । धनुषामा श्रीमान् र श्रीमती नै मृत अवस्थामा फेला परेका छन्। मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरस्थित माइतीघरमा बस्दै आएकी ३० वर्षीया रिनादेवी यादवको धारिलो हतियार प्रहारबाट हत्या भएको आशंका गरिएको छ भने उनका श्रीमान् ३५ वर्षीय उमेश यादव घरदेखि करिब एक किलोमिटर टाढा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

    प्रहरीका अनुसार रिनादेवीको घाँटीमा धारिलो हतियार प्रहार गरिएको घाउ देखिएको छ। घटनाको प्रकृति शंकास्पद देखिएकाले प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको छ।

    मिथिला बिहारी नगरपालिका–४ भरतपुर निवासी उमेश केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए। उनी शुक्रबार मात्रै श्रीमतीको माइतीघर पुगेका थिए।

    घटनामा मृतक दम्पतीका चार वर्षीय छोरा पनि घाइते भएका छन्। बालकको तिघ्रामा समेत धारिलो हतियार प्रहार गरिएको घाउ देखिएको प्रहरीले जनाएको छ।

    धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले घटनाको प्रकृति शंकास्पद देखिएको बताए। उनका अनुसार प्रहरी टोली घटनास्थल पुगेर घटनाबारे अनुसन्धान गरिरहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑