२०८३ कार्तिक २६, बिहिबार | Thu, 12, Nov, 2026

७ सय मिटर तल खस्यो ईभी, १० जनाको घटनास्थलमै मृत्यु


१९५३१ पाठक संख्या
  • २०८३ कार्तिक २६, बिहिबार मा प्रकाशित ११ घण्टा अघि
  • हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा यात्रुवाहक ईभी गाडी दुर्घटना हुँदा १० जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्।

    मृत्यु हुनेमा तीन महिला, दुई बालिका र पाँच पुरुष रहेका छन्। मृतकहरूको सनाखत हुन सकेको छैन। प्रहरीका अनुसार मृतकमध्ये अधिकांश सर्लाही जिल्लाका बासिन्दा रहेका छन्।

    काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी गाडी चिसापानीगढीमा अनियन्त्रित भई सडकबाट करिब सात सय मिटर तल खसेको हो।

    प्राप्त जानकारीअनुसार उक्त गाडी सर्लाहीका यात्रु लिएर बिहीबार बिहान काठमाडौँबाट हिँडेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनालाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएको छ।

    घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्याम खत्रीलगायत सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो। प्रहरीले घाइतेहरूको उद्धार गर्नुका साथै मृतकहरूको शव घटनास्थलबाट हेटौंडा ल्याउने प्रक्रिया अघि बढाएको छ।

    दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब आठ किलोमिटर उत्तरमा पर्छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%१%७%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑