२०८३ कार्तिक २५, बुधबार | Wed, 11, Nov, 2026

हात्तीको बथान बस्तीमा पस्दा महिलाको मृत्यु, घरसमेत भत्कियो


५७७ पाठक संख्या
  • २०८३ कार्तिक २५, बुधबार मा प्रकाशित १ घण्टा अघि
  • महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ मा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

    गए राति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने तारापुर शिविरमा जङ्गली हात्तीको बथान पसेर आक्रमण गर्दा स्थानीय ६० वर्षीया लक्ष्मी डगौंराको घटनास्थलमै मृत्यु भएको हो।

    इलाका प्रहरी कार्यालय झलारीका अनुसार हात्तीको बथानले डगौंराको घर भत्काउनुका साथै उनलाई कुल्चिएपछि मृत्यु भएको हो। स्थानीय छलिलाल डगौंराका अनुसार घटना हुँदा लक्ष्मी र उनका श्रीमान् मोहन डगौंरा घरमै सुतिरहेका थिए। हात्तीको बथानले आक्रमण गरेपछि मोहन भने भागेर ज्यान जोगाउन सफल भएका छन्।

    घटनापछि नेपाली सेना, नेपाल प्रहरी र निकुञ्ज प्रशासनको टोली घटनास्थलमा पुगेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑