२०८३ कार्तिक २६, बिहिबार | Thu, 12, Nov, 2026

बनेपाको बुडोलमा बस दुर्घटना २५ जना घाइते


२०५३ पाठक संख्या
  • २०८३ कार्तिक २६, बिहिबार मा प्रकाशित ४ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेको बनेपा नगरपालिका–६ स्थित बुडोल डाँडामा दुई यात्रुवाहक बस एकापसमा ठोक्किँदा २५ जना घाइते भएका छन्। (आज) विहिबार बिहान भएको दुर्घटनामा दुवै बसमा सवार यात्रु घाइते भएका हुन्।

    प्रहरीका अनुसार बिहान करिब ११ः४० बजे धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा ५ ख २९७ नम्बरको बसलाई विपरीत दिशाबाट जाँदै गरेको बा ३ ख ५०६४ नम्बरको बसले ठक्कर दिएको थियो।

    दुर्घटनालगत्तै घाइतेहरूलाई उद्धार गरी उपचारका लागि बनेपास्थित शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

    प्राप्त विवरणअनुसार शीर मेमोरियल अस्पतालमा २१ जना र धुलिखेल अस्पतालमा चार जनाको उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था मध्यम रहे पनि अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइते हुनेमा महिला, पुरुष तथा बालबालिका छन्।

    दुर्घटनामा शीर मेमोरियल अस्पतालमा उपचाररत घाइतेमध्ये मनिष पहरी, उर्मिला महत, देवकी निरौला, कल्पना खत्रीलगायतको अवस्था मध्यम रहेको छ। अन्य घाइतेको अवस्था सामान्य रहेको बताइएको छ।

    दुर्घटनापछि इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी नायब उपरीक्षक राकेश थापाको कमान्डमा १५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

    दुर्घटनामा संलग्न दुवै बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बस चालकहरू काभ्रेको चौरीदेउराली गाउँपालिका निवासी ३० वर्षीय सुरज गौतम र रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–६ निवासी २९ वर्षीय देवकुमार सुनुवार रहेका छन्। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    शीर मेमोरियल अस्पतालमा उपचाररत घाइतेहरू

    1. काभ्रेको चौरीदेउराली गाउँपालिका–३ बस्ने ५८ वर्षीय दुर्गा सिमथान — टाउको दुख्ने, अवस्था सामान्य।

    2. काभ्रेको भुम्लु गाउँपालिका–१ बस्ने ४० वर्षीय मनिष पहरी — नाक र मुखमा चोट, अवस्था मध्यम।

    3. काभ्रेको चौरीदेउराली गाउँपालिका–५ बस्ने २६ वर्षीया उर्मिला महत — टाउकोमा चोट, अवस्था मध्यम।

    4. उर्मिला महतका ११ वर्षीय छोरा युसन बुर्जा — दाहिने खुट्टामा चोट, अवस्था सामान्य।

    5. खोटाङको दिक्तेल बस्ने ५५ वर्षीया देवकी निरौला — दाहिने खुट्टामा चोट, अवस्था मध्यम।

    6. सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–३ बस्ने १६ वर्षीय छिरिङ लामा — मुखमा चोट, अवस्था सामान्य।

    7. सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–५ बस्ने २० वर्षीया दिपा कुँवर — मुखमा चोट, अवस्था सामान्य।

    8. सिन्धुपाल्चोकको साँगाचोक नगरपालिका–१२ बस्ने ४० वर्षीया कल्पना खत्री — बायाँ हात र खुट्टामा चोट, अवस्था मध्यम।

    9. सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–५ बस्ने ४० वर्षीय पाम्देल लामा — मुखमा चोट, अवस्था सामान्य।

    10. सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–३ बस्ने ४१ वर्षीया राममाया तामाङ — मुखमा चोट, अवस्था सामान्य।

    11. सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४ बस्ने २६ वर्षीय अभिनाश खड्का — अनुहारमा चोट, अवस्था मध्यम।

    12. ठेगाना खुल्न नसकेको ४१ वर्षीया संगिता कार्की — दाँतमा चोट, अवस्था सामान्य।

    13. संगिता कार्कीका ८ वर्षीय छोरा आरोब बुढाथोकी — बायाँ घुँडामा चोट, अवस्था सामान्य।

    14. ठेगाना खुल्न नसकेकी ३४ वर्षीया आसा सापकोटा — बायाँ खुट्टामा चोट, अवस्था सामान्य।

    15. ठेगाना खुल्न नसकेका ५० वर्षीय एक ब. खत्री — छातीमा चोट, अवस्था सामान्य।

    16. काभ्रेको भुम्लु गाउँपालिका–५ बस्ने ६० वर्षीया कान्छी खरेल — निधारमा चोट, अवस्था सामान्य।

    17. ठेगाना खुल्न नसकेकी ५० वर्षीया कृष्णलक्ष्मी श्रेष्ठ — दुवै खुट्टामा चोट, अवस्था सामान्य।

    18. काठमाडौं बस्ने ५५ वर्षीया मानकुमारी शाह — मुखमा चोट, अवस्था सामान्य।

    19. सिन्धुलीको हरिहरपुर नगरपालिका–४ बस्ने ३३ वर्षीया सबिना खड्का — बायाँ खुट्टामा चोट, अवस्था सामान्य।

    20. काभ्रेको धुलिखेल नगरपालिका–८ बस्ने १४ वर्षीय असिम पन्त — टाउकोमा चोट, अवस्था मध्यम।

    21. असिम पन्तकी १० वर्षीया बहिनी अस्मी पन्त — दाहिने हातमा चोट, अवस्था सामान्य।

    धुलिखेल अस्पतालमा उपचाररत घाइतेहरू

    22. काभ्रेको भुम्लु गाउँपालिका–८ बस्ने ३८ वर्षीया सबिना खड्का — दाहिने खुट्टाको घुँडामा चोट, अवस्था सामान्य।

    23. काभ्रेको भुम्लु गाउँपालिका–८ बस्ने १६ वर्षीया सानिया खड्गी — दाहिने खुट्टाको घुँडामा चोट, अवस्था सामान्य।

    24. काभ्रेको पाँचखाल नगरपालिका–१० बस्ने १६ वर्षीय रोहन आचार्य — दाहिने खुट्टामा चोट, अवस्था सामान्य।

    25. दोलखाको मेलुङ गाउँपालिका–१ बस्ने १६ वर्षीया सुनिता थपौलिया — दाहिने घुँडामा चोट, अवस्था सामान्य।

    दुर्घटनापछि इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी नायब उपरीक्षक राकेश थापाको कमान्डमा १५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑