२०८३ मंसिर ५, शनिबार | Sat, 21, Nov, 2026

दिल्लीमा नेपाल–भारत झण्डा फहराइयो, प्रधानमन्त्री शाहको भ्रमणलाई अन्तिम रूप


८६५ पाठक संख्या
  • २०८३ मंसिर ५, शनिबार मा प्रकाशित ७ घण्टा अघि
  • ५ मंसिर, नयाँ दिल्ली (भारत) । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका लागि नयाँ दिल्लीमा तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री शाह आइतबार भारत भ्रमणमा जाँदैछन्। उनको स्वागतका लागि राष्ट्रपति भवन अगाडिको सडकमा नेपाल र भारतका झण्डा राखिएका छन्।

    प्रधानमन्त्री शाह आइतबार दिउँसो ३:१५ बजे नयाँ दिल्ली पुग्ने कार्यक्रम छ। भ्रमणको पहिलो दिन उनले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्नेछन्। विदेश मन्त्रालयका अनुसार उक्त भेट आइतबार साँझ ६ बजे होटल ताजमहलमा हुनेछ। पहिलो दिनका लागि त्यसबाहेक अन्य औपचारिक कार्यक्रम तय गरिएको छैन।

    सोमबार बिहान १० बजे राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत तथा भेटघाट हुनेछ। त्यसपछि उनी राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन्।

    लगत्तै, प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। भेटपछि सोमबार दिउँसो १२:२५ बजे दुवै प्रधानमन्त्रीबीच सहमति तथा सम्झौतापत्र आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन हुनेछ।

    भ्रमणको अन्तिम दिन सोमबार दिउँसो ३:१५ बजे प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति निवासमा भेटवार्ता गर्नेछन्। त्यसपछि उनी अपराह्न ४:५० बजे दिल्लीबाट नेपाल फर्कने कार्यक्रम रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑