२०८३ मंसिर १, मंगलबार | Tue, 17, Nov, 2026

लगातार घट्दै सुनचाँदीको मूल्य


११५३ पाठक संख्या
  • २०८३ मंसिर १, मंगलबार मा प्रकाशित ४ घण्टा अघि
  • काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आउने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार १ सय रुपैयाँ कायम थियो।

    त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मंगलबार चाँदी प्रतितोला ३० रुपैयाँले घटेर ३ हजार ४ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ३ हजार ५ सय २० रुपैयाँ थियो।

    सुनसँगै चाँदीको मूल्यसमेत घटेपछि बहुमूल्य धातुको बजारमा मंगलबार पनि मूल्यमा गिरावट देखिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑