२०८३ मंसिर १३, आईतबार | Sun, 29, Nov, 2026

मसाज सेन्टरमा प्रहरी छापा, १४ जना नियन्त्रणमा


२४८५ पाठक संख्या
  • २०८३ मंसिर १३, आईतबार मा प्रकाशित १ घण्टा अघि
  • काठमाडौँ । व्यावसायिक मर्यादा विपरीत तथा शङ्कास्पद गतिविधि सञ्चालन गरेको आरोपमा काठमाडौँका विभिन्न मसाज सेन्टर (स्पा) बाट प्रहरीले १४ जनालाई नियन्त्रणमा लिएको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौँ (भद्रकाली) बाट खटिएको प्रहरी टोलीले राजधानीका विभिन्न क्षेत्रमा सञ्चालित स्पा तथा मसाज सेन्टरमा चेकजाँच गर्ने क्रममा शङ्कास्पद र गैरकानुनी गतिविधिमा संलग्न रहेको आशङ्कामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

    नियन्त्रणमा पर्नेहरूमा रामेछाप उमाकुण्ड गाउँपालिका–४ घर भई टोखा बस्ने २९ वर्षीया पार्वती श्रेष्ठ, नुवाकोट किस्पाङ गाउँपालिका–५ घर भई तारकेश्वर बस्ने २६ वर्षीया सुबु गुरुङ, खोटाङ लिखुवा गाउँपालिका–१ घर भई नयाँ बसपार्क बस्ने २५ वर्षीया चन्द्र बस्नेत, भोजपुर रामप्रसाद राई गाउँपालिका–६ घर भई नयाँ बजार बस्ने ३० वर्षीया पार्वती खत्री, नवलपरासी घर भई असन बस्ने २० वर्षीया पूर्णिमा भोटे, काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१ घर भई तारकेश्वर बस्ने २४ वर्षीया पबिना खड्का र दोलखा बैतेश्वर गाउँपालिका–७ घर भई सोह्रखुट्टे बस्ने ३१ वर्षीया अनु तामाङ रहेका छन्।

    त्यसैगरी, रामेछाप घर भई ललितपुरको भैँसेपाटी बस्ने २३ वर्षीया कविता मगर, रामेछाप मन्थली नगरपालिका–११ घर भई बौद्ध बस्ने २१ वर्षीया सविता बोहरा, झापा कन्काई नगरपालिका–१ घर भई बौद्ध बस्ने ३३ वर्षीया अम्बिका कार्की, नुवाकोट विदुर नगरपालिका–६ घर भई चाबहिल बस्ने २१ वर्षीया शर्मिला गिरी, धादिङ गजुरी गाउँपालिका–५ घर भई टोखा बस्ने २० वर्षीया रोसनी भुजेल, सोही स्थानकी ३० वर्षीया मिना भुजेल तथा बङ्गलादेश घर भई ठमेल बस्ने ३८ वर्षीय मसुद राना पनि नियन्त्रणमा परेका छन्।

    प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सबैमाथि घटनाको प्रकृति र संलग्नताबारे थप छानबिन तथा अनुसन्धान भइरहेको छ। अनुसन्धानपछि उनीहरूको गतिविधिबारे थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑