२०८३ मंसिर १३, आईतबार | Sun, 29, Nov, 2026

मध्यरातको आगोले घर खरानी, २ लाख ३१ हजारको क्षति


९७३ पाठक संख्या
  • २०८३ मंसिर १३, आईतबार मा प्रकाशित ७ घण्टा अघि
  • काठमाडौं, १३ मंसिर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित एक घरमा मध्यरात आगलागी हुँदा घर तथा घरभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् । आगलागीबाट करिब २ लाख ३१ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

    माइतीमाया वाइबाको ब्लकले बनेको चारकोठे घरमा गएराति करिब साढे १२ बजे आगलागी भएको हो । घरमा कोही नभएको समयमा विद्युत् तार सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

    आगलागीका क्रममा घरभित्र रहेको ग्याससमेत पड्किएपछि आगो फैलिँदा घरमा रहेका सम्पूर्ण सरसामान जलेर नष्ट भएका थिए । घटनाका बेला माइतीमायाका छोरा अबिनाश वाइबा कामको सिलसिलामा घरबाहिर रहेका थिए भने माइतीमाया वैदेशिक रोजगारीमा रहेको प्रहरीले जनाएको छ ।

    स्थानीय बासिन्दा, नगरपालिकाको दमकल र प्रहरीको संयुक्त प्रयासमा राति २ बजेपछि आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑