२०८३ मंसिर १२, शनिबार | Sat, 28, Nov, 2026

झारफुकको बहानामा बालिकामाथि दुर्व्यवहार, ४६ वर्षीय पुरुष पक्राउ


३६५५ पाठक संख्या
  • २०८३ मंसिर १२, शनिबार मा प्रकाशित ४ घण्टा अघि
  • जुम्ला — झारफुक गरी निको पार्ने भन्दै १४ वर्षीया बालिकामाथि दुर्व्यवहार गरेको आरोपमा जुम्लामा एक जना पक्राउ परेका छन् ।

    जुम्लाको गुठिचौर गाउँपालिका–१ की अन्दाजी १४ वर्षीया सावित्री रोकायामाथि झारफुकका नाममा दुर्व्यवहार भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा स्थानीय ४६ वर्षीय कालीबहादुर रोकायालाई पक्राउ गरेको हो ।

    भिडियो भाइरल भएपछि घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको थियो । शनिबार प्रहरी चौकी मणिसाँघुबाट खटिएको टोलीले आरोपित रोकायालाई आफ्नै घरबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय जुम्ला पुर्‍याएको जनाएको छ ।

    बालिकालाई झारफुकमार्फत निको पार्ने भन्दै दुर्व्यवहार गरिएको भनिएको घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑