२०८३ अषाढ ३, बुधबार | Wed, 17, Jun, 2026

बनेपामा हत्या गरी फालेको लास भेटियो


५८८१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ कार्तिक १७, सोमबार मा प्रकाशित ५ साल अघि
  • काभ्रे । काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं ११ सिनागालमा अपरिचित पुरुष व्यक्तिको लास फेला परेको छ ।
    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार कार्तिक १५ गते दिउंसो ३ बजेको समयमा सिनागाल स्थित बनेपा नगरपालिका वडा नं ११ को वडा कार्यालयबाट ५०० मिटर पश्चिम बाटोमुनि उत्तानो अवस्थामा नाम, थर, वतन नखुलेको अं. बर्ष ३५—३६ जस्तो देखिने पुरूष व्यक्तिलाई कर्तव्य गरी हत्या गरिएको अवस्थामा फेला परेको छ ।

    प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा घट्नास्थल लास जाँच प्रकृति मुचुल्का लगायतको कार्य सम्पन्न गरी मृतक लाश पोष्टमार्टमको एवं आफ्नतहरु खोजतलास साथै पहिचानको लागि धुलिखेल अस्पतालको शव गृहमा सुरक्षित साथ राखिएको जानकारी प्राप्त भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार