आई.आर.के मैनाली
काभ्रेपलाञ्चोक । ६३ वर्ष अगाडि काभ्रे र आसपासको जिल्लाहरूको प्रमुख व्यापारिक केन्द्र बनेपामा शिर मेमोरियल अस्पताल स्थापना गरी स्वास्थ्यको क्षेत्रमा काभ्रेको इतिहास कायम गर्न सफल अस्पतालका स्वास्थ्यकर्मीहरू सडक सफाइमा जुटेका छन् ।
रोग लागेर उपचार गर्नुभन्दा रोगको बाटो छेक्नु राम्रो भन्दै मानव शरीरका वाह्य तथा भित्री घाउहरू चिरफार गर्दै घाउहरू सफा गर्ने हातहरू ले अरनिको राजमार्ग दायाँ बायाँ रहेका फोहरहरू सफाइका लागि जुट्दै गर्दा नगरवासीहरूमा फोहोर नै रोगको पहिलो माध्यम हो भन्ने चेतना प्रदान भएको छ ।
सके सफा गरौँ नसके फोहोर नगरौँ‚ भन्ने अभियानका साथमा “ माया वाडौं ” Love And Sharing अन्तरगत बनेपामा सफाइ अभियान चलाएको हो । शिर मेमोरियल अस्पतालका कार्यकारी अधिकृत सुन्दर थापा स्वयं हातमा कुचो लिएर सफाइ अभियानको नेतृत्व गर्दै राजमार्ग सरसफाइको लागि सडकमा पुग्नु भएको थियो ।
बनेपा नगरपालिका वडा नं ७ र ८ मा पर्ने अरनिको राजमार्ग दायाँ बायाँ साथै वडा नं ५ मा पर्ने सडकहरू सफाइ गरिएको थियो । राजमार्गको दायाँ बायाँ रहेको पैदल मार्गको छेउमा रहको फुलका बिरुवाहरूको संरक्षण काट छाट गर्दै अभियान अगाडि बढ्दै गर्दा सहको सौन्दर्यता चिटिक्क परेको छ । सफाइ अभियानमा कुचो र फोहोर राख्ने डोको लिएर सडकमा उत्रिएका स्वास्थ्य सहकर्मीहरूसँग सम्पर्क गर्दा हामी प्रत्तेक ६/६ महिनामा सफाइ अभियान चलाउँछौं जसले गर्दा फोहोर गर्न नहुने रहेछ भन्ने सन्देश मिल्यो ।
फोहोरको माध्यमबाट रोग फैलने जसको कारण मानिसहरू बिरामी हुने भन्ने चेतनाको लागि अस्पतालमा रहेको सफाइ शाखा ‚ ढुवानी शाखा‚ जनसम्पर्क शाखा ‚ मर्मत शाखा समेतको सहभागितामा हामीले अभियान चलाएका हौं । हाम्रो अभियानलाई बनेपाका व्यापारीहरूले पूर्ण रुपमा साथ सहयोग गर्नुभएको छ ‚ दुई दिन सम्म लगातार चलेको बजार सफाइ अभियानमा जुटेका स्वास्थ्य कुकर्मीहरूलाई खाजाको लागि बिस्कुट‚ चाउचाउ ‚ पानी लगायतको सहयोग प्रदान गर्दै हामीलाई हौसला प्रदान गर्नुभएको छ अस्पतालका कार्यकारी अधिकृत सुन्दर थापाले भन्नुभयो ।
सम्बन्धित वडा कार्यालयहरूसँगै समन्वय गरेर सफाइ अभियानलाई अगाडि बढाउँदै गर्दा बागमती प्रदेश उद्योग वाणिज्य संघका सदस्य कैलास पलाञ्चोके ‚ रोशन श्रेष्ठ ‚ किरण मानन्धर ‚ उमेश श्रेष्ठ लगायतका समाजसेवी एवं सहयोगी मनहरुवाट खाजा लगायतका सहयोग पाएकामा उहाँहरूप्रति अस्पताल परिवार ऋणी भएको छौं ‚ आधार व्यक्त गर्दै समाजका मणि रूपी व्यक्तित्वको कारण बनेपा अनि अस्पतालको मुहारमा चमक सुनिश्चित रहेको अस्पतालका कार्यकारी अधिकृत थापाले भन्नुभयो ।





प्रतिक्रिया दिनुहोस