२०८३ श्रावण १५, शुक्रबार | Fri, 31, Jul, 2026

अध्यक्ष पदमा पोखरेलको प्रवेश, पूर्व उपाध्यक्ष भण्डारीलाई पुनःएमालेमा ल्याउने घोषणा


६९९५ पाठक संख्या
  • २०८२ मंसिर ९, मंगलबार मा प्रकाशित ८ महिना अघि
  • काठमाडौँ — नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी महाधिवेशनमा पार्टी अध्यक्षका लागि आफ्नो उम्मेदवारी घोषणा गर्दै पूर्व उपाध्यक्ष तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः पार्टीमा फर्काउनु पर्ने बताएका छन्।

    उनले भण्डारीलाई पार्टी सदस्यताबाट वञ्चित गरिएको कदम पार्टीको वैचारिक सुदृढीकरणका लागि प्रतिकूल भएको भन्दै पार्टी काममा फर्कने वातावरण सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरे।

    पोखरेलले पार्टीको लोकतान्त्रिकरणका लागि ७औँ महाधिवेशनदेखि अघि बढाइएका अवधारणालाई नयाँ सन्दर्भमा परिमार्जन गरी लागू गर्नुपर्ने तथा पार्टीको शीर्ष नेतृत्वमा दुई कार्यकालको सीमालाई विधानमा पुनर्स्थापित गर्नुपर्ने धारणा राखे।

    उनका अनुसार पार्टीभित्र तडकभडकपूर्ण जीवनशैलीलाई अन्त्य गरी सादा, जनपक्षीय शैली अपनाउनुपर्ने र हरेक तहका कमिटीलाई जिम्मेवारीपूर्ण बनाउँदै युवा, नवयुवा र पाका पुस्ताको सम्मानजनक सहभागिता सुनिश्चित गर्न आवश्यक छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार