काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं ६ अरनिको राजमार्ग ३९ किलो (हनुमानगडी) मा आज (बुधवार) काठमाण्डौबाट मेलम्ची तर्फ जाँदै गरेको बा २ ख ३२६५ नं. को बस आफै अनियन्त्रीत भई दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको अनुसार उक्त बस सडक छेउको नालिमा कोल्टी सवारी दुर्घटना हुँदा बसमा ३५ जना सवार मध्ये ८ जना घाईते भएका छन् ।घाईतेहरुलाई उपचारको लागी पाँचखाल पोलिक्लिनिक पठाइएको थियो ।
सवारी दुर्घटनामा परि घाईते हुनेहरुमा काभ्रेपलाञ्चोक जिल्ला मण्डनदेउपुर न.पा. ४ बस्ने बर्ष अ.४० को यज्ञ बहादुर अर्याल, बर्ष ६४ को राम कुमार सापकोटा, बर्ष ६५ की चमेली सापकोटा ,बर्ष २५ को रेशम राई, मण्डनदेउपुर .८ बस्ने बर्ष २४ को सविन राई, मण्डनदेउपुर वडा नं ३ बस्ने बर्ष ५१ को धावा दोर्जे तामाङ , मण्डनदेउपुर ६ बस्ने बर्ष १४ को आर्यास राई र पाँचखाल नगरपालिका वडा नं ६ बस्ने बर्ष २२ की सरला मिश्र घाईते भएको थियो ।
घाइतेहरुको अवस्था सामान्य रहेको घटनास्थलमा संलग्न ट्राफिक प्रहरी वरिष्ट सई उमेस थपलियाले जानकारी गराउनु भयो । सई थपलियाको अनुसार बस चालक जिल्ला सिन्धुपाल्चोक मेलम्ची न.पा. ७ बस्ने बर्ष ३० को मनोज बराईली प्रहरी चौकी पाँचखालको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस