२०८३ श्रावण १८, सोमबार | Mon, 03, Aug, 2026

विद्यार्थीहरुले धान रोपेर मनाय राष्ट्रिय धान दिवस


१४८२१ पाठक संख्या
  • २०८२ अषाढ १५, आईतबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको नमोवुद्ध नगरपालिकामा रहेको ग्रामिण पाठशालामा अध्ययनरत विद्यार्थीहरुले धान रोपेर मनाय राष्ट्रिय धान दिवस ।

    नेपाली कृषि, संस्कृति र शिक्षालाई व्यवहारमै जोड्ने उद्देश्यका साथ २०८२ सालको राष्ट्रिय धान दिवस (असार १५) को अवसरमा विद्यार्थीहरूको सक्रिय सहभागितामा धान रोपाई कार्यक्रम सम्पन्न गरेको हो ।

    राष्ट्रिय धान दिवसको विशेष अवसरमा विद्यालयमा अध्ययनरत करिब ५० जना विद्यार्थीहरू, शिक्षकहरू, विद्यालयका कर्मचारीहरू तथा स्थानीय कृषकहरू सम्मिलित भई सामूहिक रुपमा धान रोपाई गरिएको थियो ।

    कार्यक्रमको उद्घाटन विद्यालयका प्रधानाध्यापक बिदुर भण्डारीले गर्नु भएको थियो । उहाँले कृषिमा युवाको आकर्षण बढाउन यस्ता कार्यक्रमले ठुलो भूमिका खेल्ने बताउँदै व्यवहारिक शिक्षाले विद्यार्थीमा माटो, प्रकृति र आफ्नो मुल्य–संस्कृतिप्रति सम्मानभाव पैदा गराउने उल्लेख गर्नुभयो ।

    खेतमा रोपाइँ गर्नु अघि उनीहरूलाई धान खेतीका चरणहरू — जस्तै बिउ छर्ने, नर्सरी बनाउने, खेत जोत्नुपर्ने अवस्था र रोपाइँका तरिका बारे शिक्षकहरूले व्यावहारिक रूपमा जानकारी दिएका थिए ।
    रोपाई कार्यक्रममा सहभागि विद्यार्थीको भनाई “किताबमा धान रोप्ने तरिका पढेका थियौं, तर आज आफैँ खेतमा गएर हिलोमा खुट्टा डुबाउँदै धान रोप्न पाउँदा साह्रै रमाइलो लाग्यो । यो साँचिकै सिकाइ रहेछ ।”

    त्यसैगरी कार्यक्रममा विद्यालयका शिक्षकको भनाई यस्तो रह्यो “शिक्षा भनेको केवल किताब र कक्षा कोठामा सीमित हुनु हुँदैन। जब विद्यार्थीहरू खेतमा पस्छन्, तब उनीहरू सीप सिक्छन्, श्रमको मूल्य बुझ्छन् र किसानको जीवन नजिकबाट अनुभव गर्छन्।” कार्यक्रमले विद्यार्थीहरूमा कृषि कर्मप्रति अभिरुचि बढाउनुका साथै नेपाली समाजको परम्परागत ज्ञान र जीवनशैलीप्रति सम्मानभाव जागृत गराएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार