काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक पजल्लाको बेथानचोक गाउँपालिका सडक बालबालिकामुक्त पालिका घोषणा गरिएको छ ।
गाउँपालिकाको ६ वटै वडाको वडा समितिको निर्णय अनुसार आ–आफ्नो वडाको क्षेत्र भित्रको गाउँटोल, समुदाय–बस्ती, गल्ली, मन्दिर परिसर, सडक वाकुनै पनि स्थानमा वेवारिसे अवस्थामा सडकमा बस्ने बालबालिका नभेटिएको वा नदेखिएको वा फेलानपरेको कारण सडक बालबालिकामुक्त वडा घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको सभाहलमा गृहिणी महिला सशक्तिकरण कार्यक्रमको वार्षिक समीक्षा तथा सडक बालबालिका मुक्त स्थानीयतह घोषणा कार्यक्रममा गाउँपालिकालाई सडक बालबालिका मुक्त घोषणापत्रमा हस्ताक्षर गर्दै जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले एक पछि अर्को सुचकमा बेथानचोक गाउँपालिकाले सफलता हासिल गरेकोमा खुसी व्यक्त गर्नुभयो । हिंसाका कारण, अभिभावक नभएका कारण बालबालिका सडकमा आउनसक्ने हुँदा बाल हिंसा घटन हुन नदिनु पर्ने उहाँको रायथियो ।
बालबालिका मुलुकको भोलीको कर्णधार भएकोले उनीहरु सडकमा आउने पर्ने अवस्था आउन नदिन सबै पक्ष जिम्मेवार भएर लाग्नु पर्ने बताउनु भयो । कोहीपनि बालबालिका अभिभावक विहि नभएर सडकमा नहुने र यदी त्यस्तो भएको खडण्डमा यसका समाधानका लागि आफूहरु जिम्मेवार भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उनीहरुलाई शिक्षाको दायरामा ल्याउनु र समाजमा सँगै बस्न र बाँच्न पाउनु पर्ने कुराको ग्यारेण्टी गर्नु पर्ने उहाँको भनाई थियो ।
गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले महिला तथा बालबालिकाको क्षेत्रमा गाउँपालिकाले विभिन्न गतिविधि सञ्चालन गर्दै आइरहेको र उनीहरुको हक अधिकार कार्यान्वयन गर्न जिम्मेवार ढंगले कार्य आएको बताउनु भयो । भावी दिनहरुमा समेत कुनै बालबालिका सडकमा आउनै पर्ने अवस्था सृजना नहोस भन्नका लागि सबै पक्षले जिम्मेवार ढंगले कार्य गर्दै जानुपर्ने उहाँको तर्क थियो । सो अवसरमा सडक बालबालिका मुक्त घोषणा गरिएका सबै ६ ओटै वडाका जनप्रतिनिधिहरु लाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस