२०८३ श्रावण १८, सोमबार | Mon, 03, Aug, 2026

म्यानेजमेन्टका विद्यार्थीको पहिलो रोजाई नै ज्ञानकुञ्ज


१००११ पाठक संख्या
  • २०८२ अषाढ २३, सोमबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिललाको प्रमुख व्यापारिक केनद्रको रुपमा परिचित बनेपामा स्थापित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानद्धारा सञ्चालित ज्ञानकुञ्ज कलेज म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीको पहिलो रोजाई बन्नपुगेको छ ।

    विद्यालयले हासिल गरेको सफलतालाई विद्यार्थीसँगै अभिभावकले पनि रूचाएकाछन् । त्यही भएर काभ्रेपलाञ्चोक, भक्तपुर, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, दोलखा, ओखलढुङ्गा र मधेश प्रदेशका विद्यार्थीहरु उच्चशिक्षाको लागि ज्ञानकुञ्ज कलेजलाई रोज्दै आएकाछन् ।

    शिक्षाको क्षेत्रमा उत्कृष्टता प्राप्तगर्न चाहने विद्यार्थीहरूका लागि ज्ञानकुञ्ज एक उत्कृष्ट शैक्षिक गन्तव्यको रूपमा स्थापित भएकोछ । एस.ई.ई. परीक्षा उत्तीर्ण भएर उच्चशिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि ज्ञानकुञ्ज उत्कृष्ट विकल्प हुनसक्छ । त्यसकालागि शैक्षिक उपलब्धि, सक्षम व्यवस्थापन, आवश्यक भौतिक पूर्वाधार तथा शिक्षामैत्री वातावरणले संस्थालाई शैक्षिक क्षेत्रको एक विशिष्ट स्थानमा उभ्याएको छ ।

    ज्ञानकुञ्जले विगतका वर्षहरूमा निरन्तर रुपमा उल्लेखनीय शैक्षिक परिणामहरू हासिल गर्दैआएको छ । दक्ष प्राध्यापकहरुको टोलीद्वारा सञ्चालित व्यवस्थापन प्रणाली, नवीनतम शिक्षण विधि र विद्यार्थी केन्द्रित रणनीतिले यहाँ अध्ययनरत विद्यार्थीहरूको समग्र विकासमा उल्लेखनीय योगदान पुर्याएको छ ।

    संस्थाले गुणस्तरीय शिक्षाप्रदान गर्न अत्याधुनिक पूर्वाधार, डिजिटल कक्षा कोठा, पुस्तकालय, ICT प्रयोगशाला तथा नियमित शैक्षिक गतिविधिहरूको समुचित संयोजन गरेको छ । यसैका आधारमा विद्यार्थीहरूको शैक्षिक उपलब्धिमा निरन्तर प्रगति देखिएको छ ।

    अभिभावकहरूको निरन्तर विश्वास र विद्यार्थीहरूको व्यापक रुचिले ज्ञानकुञ्जलाई म्यानेजमेन्ट अध्ययनको विश्वसनीय र प्रतिस्पर्धात्मक केन्द्र बनाएको छ । आगामीदिनहरूमा पनि संस्थाले गुणस्तरीय शिक्षामा नविनतम अभ्यास अपनाउँदै शैक्षिक उत्कृष्टताको यात्रालाई अझ सुदृढ बनाउने लक्ष्य लिएको छ । कलेजले आन्तरिक परीक्षामा उत्कृष्टहुने विद्यार्थीहरुलाई विभिन्न शीर्षकको छात्रवृत्ति प्रदान गरिएकोले विद्यार्थीहरुको पढाई तथा सिकाईमा छुट्टै लगाब बढेको देखिन्छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार