काभ्रेपलाञ्चोक । काभ्रेपलाञचोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ स्थित समाजकल्याण चोकमा रहेको मोवाईल पसलबाट मोवाईल चोरी गर्नेहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार पाँचखाल वडा नं ४ समाजकल्याण चोकमा रहेको रविन इलेक्ट्रोनिक सेन्टर नामक पसलबाट असार १३ गते पसलमा र्ममतको लागि राखिएको मोवाईलहरु चोरी भएको थियो । पसलका प्रोपाईटरले प्रहरीलाई दिएको जानकारी अनुसार मर्मतको लागि पसलमा राखिएको ४० थान मोवाईल चोरी भएको थियो ।
पसल चोरी भएको जानकारी पाउनासाथ प्रहरी चौकी पाँचखालका प्रहरी अधिकृत सहितको टोलिले सिसि टिभि फुटेजलाई आधार मानी खोजतलासि गर्दा काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नं २ घर भई भक्तपुर जिल्ला चागुनारायण नगरपालिका छालिङमा रहेको कोठामा लुकिछिपि वसेको अवस्थामा चोरीका अभियुक्त द्वया सुमन वाईवा र सुरेश वाईवालाई दसि प्रमाण सहित पक्राउ गरि आवश्यक कानुनि कारवाहि प्रकृया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस