२०८३ श्रावण १८, सोमबार | Mon, 03, Aug, 2026

बनेपामा नवआगन्तुक विद्यार्थीलाई अभिमुखिकरण कार्यक्रम


८२४३ पाठक संख्या
  • २०८२ श्रावण ४, आईतबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले कक्षा ११ मा अध्ययन गर्न आएका नवआगन्तुक विद्यार्थीहरुको लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रम भव्य तथा सब्य रूपमा सम्पन्न भएको छ ।

    प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, पत्रकार तथा प्रशासनिक कर्मचारीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको प्रारम्भमा संस्थाका प्रबन्धनिर्देशक प्रताप वैद्यले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत मन्तव्य दिदै, ज्ञानकुञ्जको शिक्षण परम्परा, अनुशासन र भविष्य निर्माणमा केन्द्रित शैक्षिक दृष्टिकोणबारे जानकारी गराउनुभयो । उहाँले विद्यार्थीहरुलाई आफ्नो क्षमताको अधिकतम प्रयोग गर्दे सशक्त, नैतिक र जिम्मेवार नागरिक बन्न प्रेरित गर्नुभयोे ।

    कार्यक्रममा सहायक कलेज प्रमुख नबराज चौलागाईले आफ्नो मन्तव्यमा व्यावसायिक र व्यावहारिक शिक्षाको महत्वमा जोड़दिंदै, विद्यार्थीहरुलाई आजको प्रतिस्पर्धी युगमा आत्मनिर्भर र सक्षम बन्न आवश्यक मार्गनिर्देशन गरिने बताउनुभयो । उहाँले भन्नुभयो “ज्ञानकुञ्ज केवल किताबी ज्ञानमा सीमित छैन, हामी विद्यार्थीहरुको समग्र विकासमा विश्वास गर्छौ ।“

    त्यस्तै, सहायक प्रिन्सिपल नमराज दाहालले नैतिक शिक्षाको अपरिहार्यता औंल्याउँदे, “आजको शिक्षा प्रणालीमा मूल्य–मान्यताको खड़ेरी छ । ज्ञानकुञ्जले विद्यार्थीहरूमा नैतिकता,सामाजिक जिम्मेवारी र सकारात्मक सोचको विकासमा जोड Þदिएको छू,“भन्ने धारणा राख्नुभयो ।

    कार्यक्रममा हास्यकलाकार तथा जादूगर राजेन्द्र गिरीको प्रस्तुति विशेष आकर्षणको केन्द्र बन्यो उहाँकोे हास्यव्यङ्ग्य र जादुका माध्यमबाट शिक्षा र जीवन मूल्यहरूमा आधारित सन्देशहरूले कार्यक्रमलाई थप प्रेरणादायी बनायो । विद्यार्थीहरु र अभिभावकहरू दुवैले गिरीको प्रस्तुति अत्यन्तै मनोरञ्जनात्मक र सन्देशमूलक भएको प्रतिक्रिया दिनुभयो ।

    कार्यक्रमका सभापति तथा अध्यक्ष सुरकृष्ण वैद्यले समापन मन्तव्य दिंदै, “हामीले शिक्षा प्रणालीलाई केवल परीक्षा र प्रमाणपत्रको सीमामा राखेका छैनौँ । ज्ञानकुञ्ज एक यस्तों मञ्ंचहो जहाँ विद्यार्थीहरु आफ्नो सृजनशीलता, नेतृत्वक्षमता र जीवन पयोगी सीप विकास गर्न सक्छन्,’’ भन्नुभयो । कार्यक्रममा विभिन्न सांगीतिकर सांस्कृतिक प्रस्तुति पनि समावेश गरिएका थिए, जसले विद्यार्थीहरूमा उत्साह र आत्मविश्वास थपेको विद्यार्थीहरुको धारणा थियो । प्रतिष्ठानका अनुसार, अभिमुखीकरण कार्यक्रमको उद्देश्य नवआगन्तुक विद्यार्थीलाई शैक्षिक वातावरणसँग परिचित गराउनुका साथै संस्थाको कार्यशैली, नीति र मान्यताहरुबारे जानकारी दिनु रहेको थियो ।

    कार्यक्रम मार्फत नवआगन्तुक विद्यार्थीहरूमा अध्ययन प्रति जागरुकतार संस्था प्रतिको भरोसा थप बलियो भएको विश्वास प्रतिष्ठानले लिएको छ । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले आगामी दिनहरूमा पनि यस्ता प्रभावकारी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्देजाने प्रतिबद्धता जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार