२०८३ श्रावण १८, सोमबार | Mon, 03, Aug, 2026

स्कुटर दुर्घटना हुँदा नमोबुद्धका पूर्वमेयर टिपी शर्मा गम्भीर घाइते


८५८१ पाठक संख्या
  • २०८२ श्रावण १०, शनिबार मा प्रकाशित १ साल अघि
  • १० असार, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-२ बीस किलोमा स्कुटर एक आपसमा ठोक्किँदा नमोबुद्ध नगरपालिकाका पूर्वमेयर टीपी शर्मा तिमल्सिना गम्भीर घाइते भएका छन् ।

    शनिबार बिहान बीपी राजमार्ग सडकखण्डमा नार्केबाट काठमाडौंतर्फ जाँदै गरेको बा६२प ३५७८ नं.को स्कुटर र पूर्वनगरप्रमुख तिमलसिना सवार स्कुटर बा.प्र. ०३-०२-००७ प ८८०० ठोक्किएका हुन् ।

    दुर्घटनामा पूर्व नगरप्रमुख टीपी शर्मा तिमल्सिनाको टाउकोमा चोट लागेको छ । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी मिन घलेले जानकारी दिए ।

    टीपी शर्मा तिमलसिना छोरा किशोर तिमल्सिनाले चलाएको स्कुटरमा पछाडि बसेका थिए । किशोर सामान्य घाइते छन् ।

    अर्को स्कुटरका चालक दोलखा मेलुङ-३ घर भई हाल काभ्रेको रोशी-८ बस्ने २६ वर्षीय निमा तेम्वा थोकर सामान्य घाइते छन् । उनलाई उपचारका लागि मेथिनकोट अस्पताल पठाइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार