२०८३ श्रावण १८, सोमबार | Mon, 03, Aug, 2026

काभ्रेपलाञ्चोकमा नक्कली कागजात र छाप सहित दुई जना पक्राउ


११६७५ पाठक संख्या
  • २०८२ श्रावण १४, बुधबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । नक्कली कागजात तयार पारिरहेको सूचनाका आधारमा धुलिखेल नगरपालिका–११ स्थित एक घरमा प्रहरीले छापा मारी दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार उनीहरूलाई विभिन्न नक्कली दस्तावेज, छाप, मोहर र कागजातसहित नियन्त्रणमा लिइएको हो ।

    साउन १२ गते बिहान १०:०० बजे धुलिखेल–११ मा रहेको एक घरमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको टोलीले छापा मारेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा गोरखा जिल्ला शहिद लखन गाउँपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–३१, नयाँबानेश्वर बसोबास गर्दै आएका वर्ष ३१ का किरण अर्याल र काभ्रे जिल्ला धुलिखेल नगरपालिका–१२ बसोबास गर्ने जितेन्द्र तामाङ रहेका छन् ।

    छानबिनका क्रममा प्रहरीले विभिन्न नक्कली कागजातहरू, जसमा २६ थान नागरिकता प्रमाणपत्र, १४ थान नागरिकता प्रतिलिपि, ९ थान पासपोर्ट प्रतिलिपि, १२ थान नक्कली सिफारिस, विभिन्न शैक्षिक संस्थाका प्रमाणपत्र, मोहर, गोल्डकिस्ट कलेजको सीपीयू, २ थान हार्डड्राइभ लगायतका सामग्री बरामद गरेको छ।

    प्रहरी अनुसन्धानबाट थाहा हुन आएको छ कि पक्राउ परेकाहरूले उक्त सामग्रीहरू प्रयोग गरी राहदानी तथा अध्ययन भिसाका लागि आवश्यक पर्ने कागजातहरू तयार पार्ने कार्य गरिरहेका थिए।

    घटनासम्बन्धमा जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट पाँच दिनको म्याद थप अनुमतिसहित थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार