२०८३ श्रावण १७, आईतबार | Sun, 02, Aug, 2026

प्रगतिशीलको २६ औं साधारण सभा सम्पन्न‚ मिनी मार्ट सञ्चालनको आम्दानी शेयर सदस्यलाई 


१२३२५ पाठक संख्या
  • २०८२ आश्विन ११, शनिबार मा प्रकाशित १0 महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ मा २५ वर्ष अगाडि “सदस्य समृद्धिको आधार प्रगतिशील सहकारीमा कारोबार” भन्ने मूल नाराका साथमा सञ्चालनमा आएको प्रगतिशील बहुउद्देश्यीय सहकारी संस्थाको २६ औं बाषिर्क साधारण सभा सम्पन्न भएको छ ।

    आज (शनिवार) पाँचखाल नगरपालिका वडा नं ७ मा रहेको गौरी शङ्कर पार्टी प्यालेसमा सम्पन्न भएको उक्त कार्यक्रमको उद्‌घाटन संस्थाको सल्लाहकार एवं पाँचखाल नगरपालिकाको उपप्रमुख सुर्य माया दनुवारले गर्नुभएको थियो ।

    पाँचखाल नगरपालिका ‚ धुलिखेल नगरपालिका ‚ मण्डनदेउपुर नगरपालिका ‚ बनेपा नगरपालिका र भुम्लु गाउँपालिका कार्यक्षेत्र रहि कार्य गर्दै आएको संस्थामा १९१४ जना शेयर सदस्यहरू रहेका छन् । संस्थामा शेयर पूँजी ३ करोड ३२ लाख २४ हजार ५००‚ विभिन्न कोषहरूमा २ करोड २१ लाख २४ हजार ८५४ ‚ निक्षेप हिसाब १३ करोड १४ लाख ३१ हजार ७१६ रहेको छ । संस्थाको भवन निर्माणको लागि ९७ लाख ८७ हजार ५०० को जग्गा खरिद गरिएको छ । कुल वासलात २० करोड ६४ लाख ७७ हजार २१६ को रहेको छ । संस्थाले आ.व ०८१/०८२ मा ४२ लाख ८१ हजार ८३५ नाफा कमाउन सफल भएको छ । संस्थाले शेयर सदस्य हितको लागि बिभिन्न कार्यहरूको साथै सामाजिक कार्यमा समेत योगदान दिदैँ आएको छ ।

    संस्थाका शेयर सदस्य साथै पाँचखाल र आसपासको क्षेत्रका उपभोक्ताहरूको हितको लागि मिनी मार्ट पसल सञ्चालनमा ल्याएको छ । पसल सञ्चालनको प्रमुख उद्देश्य गुणस्तरीय दैनिक उपभोग्य सामाग्री शुपथमा बिक्री बितरण गर्ने लक्षका साथ अगाडि बडेको संस्थाको अध्यक्ष केशव प्रसाद काफ्लेले बताउनु भएको छ । अध्यक्ष काफ्लेले थप्नुभयो—पसलबाट भएको आम्दानी शेयर सदस्यको आम्दानी हो जुन शेयर लाभांश कोषमा थप गरि वितरण गरिने छ ।

    संस्थाको अध्यक्ष केशव प्रसाद काफ्लेको सभापतित्व तथा सचिव रमेश प्रसाद सापकोटाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा पाँचखाल नगरपालिकाको उपप्रमुख सूर्य माया दनुवार‚ जिल्ला समन्वय समिति काभ्रेको प्रवक्ता अपसरा ढुङ्गाना सिपखान ‚ प्रगतिशील सहकारी संस्थाको संस्थाको अध्यक्ष विष्णु प्रसाद भट्टराई ‚संस्थाको सल्लाहकार शुभ प्रसाद अधिकारी ‚  पाँचखाल नगरपालिका वडा नं ५ को वडा अध्यक्ष सिताराम ढुङ्गाना ‚ आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाको सचिव राम प्रसाद कोइराला लगायतका वक्ताहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    संस्थाको उपाध्यक्ष सरोज न्यौपानेले स्वागत मन्तव्य राखी सुरुभएको उक्त कार्यक्रममा कक्षा १२ मा उत्कृष्ट अङ्क हासिल गर्ने २२ जना विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट बचत कर्ता ‚ उत्कृष्ट बाल बचतकर्ता ‚ असल ऋणी ‚ कृषि तफर्को सफल व्यवसायी ‚ ज्येष्ठ शेयर सदस्य समेतलाई सम्मान गरि संस्थामा आवद्द शेयर सदस्यहरूको मनोवल उच्च राख्नको लागि हौसला प्रदान गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार