२०८३ श्रावण १७, आईतबार | Sun, 02, Aug, 2026

सहकारी नेताहरू दोहोरो पदमा बस्न पाउनुपर्ने मागसहित लबिङमा


१०३४९ पाठक संख्या
  • २०८२ कार्तिक १२, बुधबार मा प्रकाशित ९ महिना अघि
  • १२ कात्तिक, काभ्रेपलाञ्चोक । सहकारी अभियानका केही नेताहरू सहकारी ऐन विपरीत दोहोरो पदमा रहन पाउनुपर्ने मागसहित सक्रिय भएका छन् । सहकारी विभागले हालै सहकारी महासंघ, संघ र सहकारी बैंकका पदाधिकारीलाई दोहोरो जिम्मेवारीका कारण स्पष्टीकरण मागेको थियो ।

    सहकारी ऐन २०७४ अनुसार एक व्यक्ति एकै पटकमा एक मात्र सहकारी संस्था वा संघसंस्थाको सञ्चालक हुन पाउने व्यवस्था छ । तर, सहकारी अभियन्ताहरूले यो प्रावधान संशोधन गरी दोहोरो पदमा बस्न पाउनुपर्ने भन्दै विभागमा लिखित जवाफ दिएका छन् ।

    सहकारी विभागका अनुसार महासंघले दोहोरो जिम्मेवारीको कानुनी सहजीकरणका लागि जवाफ पठाइसकेको छ भने आगामी दिनमा विभागले थप निर्णय गर्ने तयारीमा छ ।

    स्रोतका अनुसार केही सहकारी नेताहरू महान्यायाधिवक्ताको कार्यालयमार्फत दोहोरो पदलाई वैधानिक देखाउने प्रयासमा समेत उत्रिएका थिए, तर जेनजी आन्दोलनका कारण त्यो प्रयास सफल हुन सकेन ।

    सहकारी प्राधिकरण र मन्त्रालयमा समेत अभियन्ताहरूले राजनीतिक पहुँच प्रयोग गरी ऐन कार्यान्वयन रोक्न दबाब दिएको बताइन्छ । मन्त्रालयका एक अधिकारीका अनुसार सरकारले सहकारी ठगी रोक्न नयाँ कानुन वा अध्यादेश ल्याउने तयारी गर्दैछ, जसले दोहोरो पदमा बसेका व्यक्तिमाथि स्वतः कारबाही गर्ने अवस्था सिर्जना हुनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार