२०८३ श्रावण १७, आईतबार | Sun, 02, Aug, 2026

फेक आइडीमार्फत भ्रामक सामग्रीप्रति अध्यक्ष भुजेलको आपत्ति


९०४९ पाठक संख्या
  • २०८२ कार्तिक १२, बुधबार मा प्रकाशित ९ महिना अघि
  • काभ्रेपलाञ्चोक । भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलले सामाजिक सञ्जालमा फेक आइडीमार्फत आफू र परिवारका तस्बिर प्रयोग गरी फैलाइएको भ्रामक तथा दुर्नियतपूर्ण सामग्रीप्रति कडा आपत्ति जनाएका छन्।

    अध्यक्ष भुजेलका अनुसार उक्त कार्यले उनको व्यक्तिगत छवि, परिवारका सदस्य, रिष्टे बासिका बालबालिका तथा सम्पूर्ण पालिकामाथि नकारात्मक प्रभाव पार्ने उद्देश्य लिएको छ। उनले कात्तिक ९ गते साइबर ब्युरोमा औपचारिक उजुरी दर्ता गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।

    उनका भनाइमा, सामाजिक सञ्जालमा फैलाइएका पोस्टहरू पूर्ण रूपमा निराधार र असत्य छन्। ती पोस्टमा प्रयोग गरिएका केही तस्बिरहरूमा देखिएका चाइनिज नागरिक स्वयंसेवकका रूपमा नेपालमा चाइनिज भाषा कक्षा सञ्चालन गर्न आएका व्यक्ति हुन्। ती नागरिक चीनको हाइसाङ कल्चरल मिडिया, संघाइ संस्थाका कर्मचारी मिस्टर ओदेमो भएको भुजेलले बताए।

    भुजेलका अनुसार “आईएसभीजी नेपाल” सँगको सहकार्यमा भुम्लु–१, रिष्टेस्थित सेतीदेवी माध्यमिक विद्यालयमा अतिरिक्त समयमा चाइनिज भाषा कक्षा सञ्चालन भइरहेको छ। उक्त टोलीले गरिब, अनाथ तथा विपन्न बालबालिकाका लागि सहयोगात्मक कार्य गर्दै आएको र टिकटकमार्फत समय–समयमा लाइभ प्रसारण गर्ने गरेको पनि उनले स्पष्ट पारे।

    तर हाल ती तस्वीर र भिडियोहरूमा AI प्रविधि प्रयोग गरी परिमार्जन गरेर गलत सन्देश फैलाउने प्रयास भइरहेको उनले बताए। “यस्ता झूटा सामग्रीमा Like, Share वा Comment नगर्नुहोस्। सत्य जानकारीबिना धारणा नबनाउन र नफैलाउन सबैलाई अनुरोध गर्दछु,” अध्यक्ष भुजेलले जनतामा आग्रह गरेका छन्।

    उनले यस्ता गतिविधिले व्यक्तिको प्रतिष्ठा र जीवनमा गम्भीर असर पार्ने चेतावनी दिँदै, भ्रामक प्रचारमा संलग्नलाई निरुत्साहित गर्न सबै भुम्लुवासीलाई सत्य पक्षमा रहन आग्रह गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार